health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

बेइजिङ, ७ माघ । चीनको एक स्कुलमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको छ ।
मध्य चीनको एक बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको हो ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको यान्सानपु गाउँको यिङकाई विद्यालयमा आगलागी हुँदा एक विद्यार्थी घाइते भएको छन् ।
घाइते हुनेमा प्राथमिक विद्यालय तेस्रो कक्षाका विद्यार्थी रहेको बताइएको छ । ती सबै नौ र १० वर्षका एउटै कक्षामा अध्ययनरत विद्यार्थी रहेको हेबेई डेलीले जनाएको छ ।
फायर फाइटरहरूले आगोलाई तुरुन्तै निभाउन सफल भएका छन्, जुन शुक्रवार राति ११ बजे सुरु भएको थियो । अधिकारीहरूले सो आगलागीको कारणको अनुसन्धान गरिरहेको र विद्यालयका प्रमुखलाई हिरासतमा लिइएको छ ।
चाइना नेशनल रेडियोले विद्यालयको छात्रावासको भवनका केही झ्यालहरू भाँचिएको र प्रहरीले नजिकैको इलाकालाई घेराबन्दी गरेको देखाएको तस्बिरहरू प्रकाशित गरेको बताएको छ।
करिब एक करोड जनसङ्ख्या भएको सहर नान्याङको बाहिरी भागमा रहेको यान्सापु गाउँमा यो घटना भएको हो ।