टोकियो, ६ माघ । जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ ।
जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ देश बनेको छ ।
जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेको जनाएको हो ।
जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मुन स्पिनर नामक प्रोबलाई लक्ष्यको १०० मिटर (३२८ फिट) भित्र अवतरण गर्ने प्रयास गरेको छ।
जापानको अन्तरिक्ष एजेन्सी स्लिमले आफ्नो सही लक्ष्य हासिल गरेको छ कि छैन भनेर प्रमाणित गर्न एक महिना लाग्ने बताएको छ।
बिबिसीका अनुसार जापानको अन्तरिक्ष एजेन्सीले ‘मून स्नाइपर’ भनेर चिनिने आफ्नो अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको जनाएको उल्लेख गरेको छ।