health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

मुकेश कुमार यादव/न्युज कारखाना
सिराहा, ५ माघ । जिल्ला प्रशासन कार्यालय सिराहामा ऋणी र साहुबिच कुटपिट भएको छ।
सिराहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटर ब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घर भई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ।
पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबिच कुटपिट भएको हो। छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।