health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

माघ ५, काठमाडौँ । ‘साहित्यकार प्रा.डा.ताराकान्त पाण्डेयको चिन्तनको मूल धार, समाजवादी यथार्थवादी रहेको’, प्रगतिशील लेखक सङ्घको ६८औँ परिसंवाद कार्यक्रममा ईश्वरचन्द्र ज्ञवालीले बताउनुभयो । सङ्घको सल्लाहकार समेत रहेका ज्ञवालीले माघ ५ गते बागबजारस्थित सङ्घको कार्यालयमा भएको कार्यक्रममा सो धारणा राख्नुभएको हो ।
समाजवादी यथार्थवादी चिन्तन जसलाई प्रगतिवाद पनि भनिन्छ, को मूल आधार द्वन्द्वात्मक भौतिकवादी तथा ऐतिहासिक भौतिकवादी दार्शनिक प्रणाली भएको बताउँदै सल्लाहकार ज्ञवालीले ‘समालोचक पाण्डेयको आलोचनात्मक यथार्थवादको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेको’ बताउनुभयो ।

‘सर्वहारा वर्गले आफ्नो मुक्तिको लागि आफै सङ्घर्ष गर्नुपर्दछ । त्यसको लागि मार्क्सवादको आलोकमा मात्र सम्भव छ । शान्तिपूर्ण तरिकाले अन्तिमसम्म प्रयास गर्ने हो, त्यसो सम्भव नभए सशस्त्र सङ्घर्षबाट पुँजीवादलाई ध्वंस गर्नुपर्दछ । त्यो अवस्थामा नै जनवाद तथा समाजवाद आउन सक्छ । समालोचक ताराकान्त पाण्डेयले यस प्रकारको समाजवादी यथार्थवादी चिन्तनको पृष्ठपोषण गर्नुभयो ।’ साहित्यकार ज्ञवालीले भन्नुभयो, ‘जातीय तथा महिला विभेदका साथै साम्राज्यवादी तथा विस्तारवादी उत्पीडनका विरुद्ध देशभक्ति आन्दोलनका माध्यमबाट साहित्यकार पाण्डेयले समालोचकीय दृष्टिकोणबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।’
श्रम गर्ने मानिसलाई तुच्छ ठान्ने वर्तमान सामन्ती समाजलाई समालोचक पाण्डेयले व्यापक रूपमा आलोचना गर्नुभएको बताउँदै साहित्यकार ज्ञवालीले, ‘समालोचक पाण्डेयको चिन्तनमा क्रान्तिकारी चेतना थियो ।’ ज्ञवालीले भन्नुभयो, ‘त्यो चेतना भनेको सशस्त्र विद्रोहबाट नै आमूल परिवर्तन हुन्छ भन्ने हो ।’
‘सामाजिक न्याय, वर्गीय समानता, सामाजिक विभेदको विरोध, धर्मको नाममा हुने अन्धविश्वासको विरोध गर्दै वैज्ञानिक चेतनाको अभिव्यक्तिको क्षेत्रमा प्रा.डा.पाण्डेयको महत्त्वपूर्ण भूमिका थियो’ साहित्यकार ज्ञवालीले भन्नुभयो, ‘प्रा.डा. पाण्डेय, सशक्त खोजमूलक समालोचकका साथै लेखक, कवि, सौन्दर्य शास्त्री सौन्दर्य चिन्तक र सम्पादनको क्षेत्रमा पनि महत्त्वपूर्ण थियो ।’
प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा भएको परिसंवाद कार्यक्रमको सञ्चालन उपाध्यक्ष नमुना शर्माले गर्नु भएको थियो । कार्यक्रमको विषयवस्तुको बारेमा परिसंवाद कार्यक्रमका संयोजक तथा उपाध्यक्ष समीर सिंहले धारणा राख्नु भएको थियो । कार्यक्रममा गोपिरमण उपाध्याय, मातृका पोखरेल, सीता शर्मा, प्रा.डा.जीवेन्द्रदेव गिरी, शेखर अर्याल, सुधा मैनाली, सालिकराम तिमिल्सेना, राजकुमार पण्डितले पूरक टिप्पणी गर्नुभएको थियो ।
वि.सं.२०१७ साल आश्विनमा जन्मिनु भएका समालोचक पाण्डेय , दुधराक्ष–२, रुपन्देहीको स्थायी बासिन्दा हुन् । अखिल छैठोबाट राजनीतिको सुरुवात गर्नुभएको समालोचक पाण्डेयले आफ्नो साहित्यिक आन्दोलनको सन्दर्भमा प्रलेस, प्राध्यापक सङ्घ, जनसाँस्कृतिक महासङ्घमा समेत समावेश हुनु भयो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रहेका प्रा.डा.पाण्डेय, एकदमै सरल, मृदभाषि, शिष्ट, सहयोगी, सामाजिक कायकर्ता, नैतिकवान व्यक्ति रहेको साहित्यकार ईश्वरचन्द्र ज्ञवाली बताउनुहुन्छ ।
भारतको बिहारमा बिडी फ्याक्ट्रीमा काम गर्दै कठोर आर्थिक सङ्घर्ष गर्दै प्रा.डा.पाण्डेलाई वहाँको आमाले पढाउनु भएको थियो । वहाँको २०८० पुस २७ गते राती नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको बसबाट दाङको भालुवाङस्थित राप्ती पुलमा भएको दुर्घटनामा परी निधन भएको िथयाे ।