Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
राष्ट्रिय सभाका उम्मेदवारसँग धनगढीमा सत्ता गठबन्धनको चियापान - Gyaan Ghar

Gyaan Ghar

Advertisement

राष्ट्रिय सभाका उम्मेदवारसँग धनगढीमा सत्ता गठबन्धनको चियापान

काठमाडौँ, ५ माघ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन  सत्ता गठबन्धन दल सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको राष्ट्रिय सभाका उम्मेदवारहरूसँग परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ।

राष्ट्रिय सभा सदस्यका उम्मेदवार विजयी गर्न गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक मेघराज खडकाको संयोजकत्वमा आज  नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको कार्यालयमा चियापान, भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं  प्रवक्तासमेत रहेका सुरत रावत डोटेली कान्छाले बताए।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रिय सभा सदस्यमा साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका बलदेव बोहरा, नेकपा माओवादी केन्द्रकी रेणु चन्द, नेपाली काँग्रेसका नारायण दत्त भट्टले आ-आफ्नो परिचयसहित राष्ट्रिय सभामा निर्वाचित गराइदिन अपिल गरेका थिए।

कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह, नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पूर्व मन्त्री खगराज भट्ट, नेकपा समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पूर्व मन्त्री दीर्घ सोडारी, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलगायतले सत्ता गठबन्धनका साझा उम्मेद‍्वारलाई विजयी गराउन एक ढिक्का भएर लाग्न आग्रह गरेका थिए।

स्थानीय तहका प्रमुख, उपप्रमुखसँग समन्वय गरी सबैले आ-आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित मतदान गर्ने दिन भन्दा एक दिन अगावै धनगढी आइपुग्न सबै जिल्लामा सर्कुलर गरी इमानदार भएर लाग्न उनीहरूको आग्रह थियो।

सो कार्यक्रम राष्ट्रिय सभा सदस्यका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक खडकाको संयोजकत्वमा भएको थियो भने समन्वय समितिका सदस्यहरू नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढा, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...