health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

गुजरात, ५ माघ । गुजरातको बडोदरामा एउटा ठुलो दुर्घटना भएको छ ।
भारतीय समाचार संस्थाका अनुसार गुजरातस्थित हरणी तालमा डुङा पल्टिएको हो ।
यस डुङ्गामा २३ विद्यार्थी र चार शिक्षक सवार रहेका थिए । अहिलेसम्म सो डुङा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरीले जनाएको छ । साथै,
आठ जनाको उद्धार गरिएको छ ।
सो डुङा दुर्घटनामा परी चार जना अझै बेपत्ता रहेका छन् भने भने उनीहरूको खोजतलास तथा उद्धार कार्य जारी छ ।
समाचार अनुसार सो डुङ्गाको क्षमता १४ जना थिए तर २७ जनाभन्दा बढी सवार थिए ।
मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
सबै विद्यार्थी वडोदराको एक विद्यालयका थिए । उद्धार कार्य सुरु गरिएको छ। गम्भीर घाइते भएका विद्यार्थीलाई अस्पताल लगिएको छ । घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स पुगेका थिए । घटनाको जानकारी पाए लगत्तै उद्धार टोली त्यहाँ पुगेको थियो ।
गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले ट्विट गर्दै भनेका छन्, ‘बडोदराको हरणी तालमा डुबेर बच्चाहरूको मृत्युको खबरले अत्यन्तै दुखद छ। म ती बालबालिकाहरूको आत्माको शान्तिको लागि प्रार्थना गर्दछु, जसले आफ्नो ज्यान गुमाएका छन्। म यस दुखद घडीमा दुखी महसुस गर्दछु। म शोकमा सहभागी छु। विद्यार्थीका परिवारजनमा ईश्वरले यो शोक सहन सक्ने शक्ति प्रदान गरुन् डुङ्गामा सवार विद्यार्थी र शिक्षकको उद्धार कार्य जारी छ दुर्घटनामा परी घाइते भएकाहरूलाई तत्काल राहत र उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन छ।’
दुर्घटनामा परेका यी सबै विद्यार्थीहरू न्यु सनराइज स्कुल, वडोदराका थिए, जो यहाँ घुम्न आएका थिए। डुङ्गामा क्षमताभन्दा बढी यात्रु सवार भएकाले यो घटना भएको खुलेको छ । डुङ्गामा सवार कुनै पनि विद्यार्थी र शिक्षकले लाइफ ज्याकेट लगाएका थिएनन् ।
सात एकडभन्दा बढी क्षेत्रफलमा हरणी पोखरी बनाउने निर्णय भएको छ । सन् २०१९ मा यस पोखरीको सौन्दर्यीकरण गरिएको थियो । घटनाको जानकारी पाएपछि विद्यार्थीका परिवारमा शोकको माहौल छ ।