health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

निजी/ऐतिहासिक
१. पछिल्लो चरणमा ग्रामीण अर्थतन्त्रको तीव्र विघटन र बढ्दो सहरीकरण सँगसँगै गाउँ रित्तिँदै छ भने सहरहरू कङ्क्रिट जङ्गल बन्दै छन्। क्षेत्रीय विकास योजनाको विद्यार्थीको नाताले यो प्रवृत्तिलाई रोक्न आफैँ गाउँ फर्केर केही गर्नपर्छ भन्ने मेरो चाहना हो।आफ्नो पुर्ख्यौली घरको रेट्रोफिटिंग,बन्दै गरेका भौतिक पूर्वाधारहरूको निरीक्षण, गाउॅलेहरू संगको अन्तर संवाद पछि ‘गाउँको सहरीकरण’ गरेर मानिसहरूलाई त्यहीँ राख्न सकिन्छ भन्ने विश्वास बढेको छ।अब खाँचो गाउँमै कृषिको आधुनिकीकरण,साना तथा मध्यम उद्योग र पर्यटनको प्रवर्द्धन आदि गरेर सम्मानजनक र आयमूलक रोजगारी सिर्जनाको छ।
२. केही अगुवा साथीहरू र परिवार सहित ऐतिहासिक लिगलिगकोट भ्रमणको विशेष अर्थ छ।पन्ध्रौँ सोह्रौँ शताब्दीसम्म वर्तमान नेपालको अधिकांश भूभागमा कविलाई (Tribal ) प्रथा थियो।लिगलिग कोटमा बर्सेनि दौड प्रतियोगिताबाट नायक/राजा छानिन्थ्यो।त्यस्तो स्थानीय कविलाई प्रथाको अन्त्य गरेर बलियो र ठुलो केन्द्रीकृत राज्य बनाउनु ऐतिहासिक आवश्यकता थियो।संसारभर र छरछिमेकमा सामन्तवाद र राजतन्त्रात्मक प्रणाली छाइसकेको थियो। त्यही आवश्यकता पूर्ति गर्न द्रव्य शाहलाई लिगलिग कोटमा ल्याएर राजा बनाइएको थियो! त्यही वंशाणुगत राजतन्त्र विस्तारित भएर नेपालमा बिसौँ शताब्दीसम्म ( वीरेन्द्र शाहको पालासम्म) कायम रह्यो।तर एक्काइशौं शताब्दीसम्म आइपुग्दा संसारभर लोकतान्त्रिक गणतन्त्र आधुनिक राज्यको मुख्य चरित्र बनिसकेको थियो। केही ढिलो भए पनि हामीले निकै ठुलो वलिदानीपूर्ण सङ्घर्ष मार्फत २१ औँ शताब्दीको सुरुमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था कायम गर्यौँ। यसरी कविलाई गणतन्त्रबाट वंशाणुगत र केन्द्रीकृत राजतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको ऐतिहासिक यात्राको महत्त्व बुझ्न सबैले एक पटक लिगलिग कोट पुग्नपर्छ।
वैचारिक/राजनीतिक
३. विश्व उत्तर-पुॅजीवादी पुनर्संरचना ( post-capitalist restructuring ) को प्रसव वेदनामा छ। नेपाल भने अझै पुँजीवादी सङ्क्रमण ( capitalist transition ) को अवस्थामा छ। यो २०० वर्षको ऐतिहासिक दूरी छोटो भन्दा छोटो अवधिमा पूरा गरेर समग्र विश्व र नेपाललाई आपसी पदचाप मिलाउँदै अग्रगमनको दिशामा उन्मुख गराउनु अबको मुख्य कार्यभार बनेको छ।
४. मानव समाजलाई यसको उत्पत्तिदेखि अहिलेसम्म तत्कालीन भौतिक परिस्थितिमा आधारित उन्नत चेतनाद्वारा संश्लेषित विचार ( ideology ) ले दिशावोध गरेर नै यहाँसम्म ल्याएको हो। अहिलेका विभिन्न ‘धर्म’ प्राचीन कालका समाजका दिशावोधक विचार हुन्। १७ औँ-१८ औँ शताब्दीको वैज्ञानिक क्रान्ति, औद्योगिक क्रान्ति सँगसँगै स्वतन्त्रता,समानता र भ्रातृत्वमा आधारित उन्नत विचारको रूपमा आधुनिक प्रवर्धन (Enlightenment) को विकास भयो! २१ औँ शताब्दी सँगसँगै विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको मानिन्छ र विश्वले नव-प्रवर्धन ( New Enlightenment ) को खोजी गरिरहेको छ। पहिलो औद्योगिक क्रान्तिको चरणमा रहेको नेपालले एकै साथ चार वटै औद्योगिक क्रान्तिका चरण पार गर्नु छ! अतः हामीले सबै प्रकारका रूढीवाद ( dogmatism ) वा अनुभववाद ( empiricism ) बाट मुक्त भएर समय र परिस्थिति सापेक्ष नयाँ अग्रगामी विचार निर्माण र ग्रहण गर्नु छ। त्यसनिम्ति ’स्वतन्त्रता’ मा जोड दिने ‘उदारवाद’ र ‘समानता’ मा जोड दिने ‘साम्यवाद’ भन्दा अघि बढेको स्वतन्त्रता,समानता र समृद्धिको समुचित सन्तुलन सहितको नयाँ र उन्नत विचारको संश्लेषण आजको आवश्यकता हो।
५. निजी मुनाफाको आधिक्यीकरण ( maximization of private profit ) मा आधारित अर्थ-राजनीतिक प्रणाली र राष्ट्र-राज्य रहुन्जेल राज्यहरू बिच प्रभुत्व विस्तार र विभिन्न रूपका युद्धको चक्र चलिरहन्छ।आगामी दशकहरूमा यस हिमाली क्षेत्रमा विश्व पुँजीवादको बजार कब्जा र प्रभुत्वको लडाइँ अरू तीव्र हुॅदैछ।क्षेत्रीय एकाधिकार पुँजीवाद र राज्य-पुॅजीवादको वर्चस्वको प्रतिस्पर्धा पनि भीषण हुॅदैछ। पुँजीवादी वैचारिक सङ्कटलाई ‘सभ्यता राज्य’को खास्टोले छोपेर नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमिकतामाथि गम्भीर चुनौती र अतिक्रमण हुने खतरा मडारिँदै छ। यो स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली मार्फत लोकतान्त्रिक राजनैतिक स्थिरता कायम गर्ने र देश भित्रका विभिन्न वर्ग,जाति, क्षेत्र,लिङ्ग र समुदाय बिचमा सङ्घीयता र समावेशी लोकतन्त्रको सही अभ्यास गरेर आन्तरिक राष्ट्रिय एकतालाई अझै बजवुत पार्ने विषय नेपाल कोनिम्ति अत्यन्त महत्त्वपूर्ण भएको छ।