Gyaan Ghar

Home

Advertisement

माघ ७ गते संसारभरि लेनिन स्मृति दिवस मनाइने

काठमाडौँ, माघ ४ गते । लेनिनको मृत्यु भएको सय वर्ष पुगेको सन्दर्भमा विश्वभरमा नै लेनिनको शताब्दी स्मृति दिवस मनाइँदै छ । सोही सन्दर्भमा नेकपा(मसाल)ले पनि माघ ७ गते देशैभरि सो दिवस मनाउने पार्टी प्रवक्ता रामप्रकाश पुरीले ज्ञानघरलाई बताए । काठमाडौँको बागबजारस्थित हार्दिक होटेलमा दिउसो १२.३० बाट कार्यक्रम आयोजन गरिएको उनले बताए ।
नेकपा(मसाल)केन्द्रीय कार्यालयको आयोजनामा हुने स्मृति दिवस कार्यक्रममा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरू सहभागी हुने प्रवक्ता पुरीले बताए ।
मार्क्स, एङ्गेल्सले क्रान्तिकारी दर्शन र वैज्ञानिक समाजवादको उच्च रूपमा विकास गरेका थिए भने लेनिनले मार्क्सवादी सिद्धान्तलाई सिर्जनात्मक विकास गर्नुका साथै त्यसलाई ठोस व्यवहारिक रूप दिने काम गरेका थिए । लेनिनको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति भएको थियो ।
लेनिनले कम्युनिस्ट पार्टीको सङ्गठनको रूप बुर्जुवा पार्टीहरूको भन्दा बेग्लै हुन्छ र हुनुपर्दछ भन्ने कुरा स्पष्ट गर्दै त्यस सम्बन्धी सङ्गठनात्मक सिद्धान्तहरूको पनि प्रतिपादन गरे ।  उनले पार्टीको रणनीति र कार्यनीति सम्बन्धी सिद्धान्तहरूबारे  स्पष्ट अवधारणा तयार पारे । लेनिनको सङ्गठनात्मक प्रणाली तथा रणनीति र कार्यनीति सम्बन्धी सिद्धान्तहरूबाट संसार भरका मार्क्सवादी–लेनिनवादीहरूले पथप्रदर्शन गर्दै आएका छन् ।
महान् नेता लेनिनको यही योगदानको उच्च मूल्याङ्कन गर्दै नेकपा(मसाल)ले आफ्नो नवौँ महाधिवेशनको तयारीको सन्दर्भमा वर्षभरिको कार्यक्रम अनुसार स्मृति दिवस मनाउने कार्यक्रम निर्धारित गरेको थियो । र, त्यही कार्यक्रम अनुसार माघ ७ गतेको स्मृति दिवसको कार्यक्रमको विशेष महत्त्व रहेको प्रवक्ता पुरीले बताए ।
स्मृति दिवसकै अवसरमा लेनिनसम्बन्धी महत्त्वपूर्ण पुस्तक समेत विमोचन गरिने जानकारी हुन आएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

श्रावण ४, काठमाडौँ । ‘प्रकृतिको मानव सेवाको भूमिकाको आधारमा नै धर्मको विकास भएको’ प्रा.डा.बद्रिविशाल पोखरेलले बताए । प्रगतिशील ल...
बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

काठमाडौँ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलवारदेखि कम्...
बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

काठमाडौँ । आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बङ्गलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भ...
आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

काठमाडौँ । आज देखि महिला एसिया कप सुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एस...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search