Gyaan Ghar

Advertisement

गठबन्धन दलको वंश भ्रष्टाचारी, गोत्र निकम्मा र जात देशद्रोही: ओली

काठमाडौँ, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भ्रष्टाचार र तस्करीको संरक्षक भएको बताएका छन् ।

नेपाल खेलकुद महासङ्घको पूर्ण बैठकलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका हुन ।

 

अहिलेको गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको ओलीले बताए । उनले गठबन्धन दलको वंश भ्रष्टाचारी र कमिशनतन्त्रीय, गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका छन् ।

‘यी एकै वंशका, एकै नस्लका हुन्, भ्रष्टाचारी वंशका हुन्, यी कमिशनतन्त्रीय वंशका हुन्, यिनको गोत्र निकम्मा हो, यिनको जात देशद्रोही हो, त्यस कारण यी एकै ठाउँमा बस्छन्’, ओलीले भने ।

ओलीले गठबन्धन देशका लागि अत्यन्तै हानिकारक रहेकोसमेत बताए । गठबन्धनले देश बरबाद र राष्ट्रियतालाई कमजोर बनाएको ओलीको भनाइ छ ।
‘देशका स्रोतहरू बेचिसक्यो, हाम्रो स्वाधीनता र स्वाभिमानलाई धुजा धुजा बनाइसक्यो, त्यस कारण समय घर्किनभन्दा अगाडि हामीले निर्णायक कदम चाल्नुपर्नेछ, यस कुराका लागि हामी तयार हुनुपर्ने छ’, ओलीले भने ।

 

गठबन्धन दलले एमालेमाथि जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था रहेको भन्दै अध्यक्ष ओलीले तयारी अवस्थामा रहन नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।
‘अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरूले जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था छ, उनीहरू आतङ्कित छन्’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस

राजनीति

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्...