health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भ्रष्टाचार र तस्करीको संरक्षक भएको बताएका छन् ।
नेपाल खेलकुद महासङ्घको पूर्ण बैठकलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका हुन ।
अहिलेको गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको ओलीले बताए । उनले गठबन्धन दलको वंश भ्रष्टाचारी र कमिशनतन्त्रीय, गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका छन् ।
‘यी एकै वंशका, एकै नस्लका हुन्, भ्रष्टाचारी वंशका हुन्, यी कमिशनतन्त्रीय वंशका हुन्, यिनको गोत्र निकम्मा हो, यिनको जात देशद्रोही हो, त्यस कारण यी एकै ठाउँमा बस्छन्’, ओलीले भने ।
ओलीले गठबन्धन देशका लागि अत्यन्तै हानिकारक रहेकोसमेत बताए । गठबन्धनले देश बरबाद र राष्ट्रियतालाई कमजोर बनाएको ओलीको भनाइ छ ।
‘देशका स्रोतहरू बेचिसक्यो, हाम्रो स्वाधीनता र स्वाभिमानलाई धुजा धुजा बनाइसक्यो, त्यस कारण समय घर्किनभन्दा अगाडि हामीले निर्णायक कदम चाल्नुपर्नेछ, यस कुराका लागि हामी तयार हुनुपर्ने छ’, ओलीले भने ।
गठबन्धन दलले एमालेमाथि जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था रहेको भन्दै अध्यक्ष ओलीले तयारी अवस्थामा रहन नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।
‘अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरूले जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था छ, उनीहरू आतङ्कित छन्’, ओलीले भने ।