wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114रौतहट ४ माघ। लामो समय देखि फरारको सूचीमा रहेका अभियुक्त मध्ये यस आर्थिक वर्षमा कम्तीमा आठ सय जनालाई पक्राउ गर्ने रौतहट प्रहरीले लक्ष्य लिएको छ।
विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भई सकेर पनि फरारको सूचिमा रहेका अभियुक्त मध्ये चालू आर्थिक वर्ष २०८०१०८१ मा कम्तीमा आठ सय जनालाई पक्राउ गर्ने लक्ष्य सहित विशेष अभियान सञ्चालन गरिएको रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।
विशेष अभियान अन्तर्गत यस आर्थिक वर्षको गत साउन देखि पुस मसान्त सम्म ६ महिनाको अवधिमा विभिन्न प्रकृतिका मुद्दामा संलग्न २८० जना फरार अभियुक्त पक्राऊ गरी कारबाहीको दायरामा ल्याएको एसपी श्रेष्ठले बताएका छन्।
कर्तव्य ज्यान, डाँका,चोरी, सवारी ज्यान, जबरजस्ती करणी, ठगी, लगायत विभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार लगायतको निकायमा पठाइएको एसपी श्रेष्ठले जानकारी दिएका छन्।
अदालतले दोषी ठहर गरेपछि आआफ्नो घर छोडी रौतहटको विभिन्न स्थानमा लुकिछिपी बसेका तथा अन्य जिल्लामा समेत बसेका ती अभियुक्त लाई जिल्लाको सम्पूर्ण युनिट लाई परिचालन गरी पक्राउ गर्न सफल भएको एसपी श्रेष्ठको भनाई छ।
८०० जना फरार अभियुक्त लाई पक्राउ गर्ने लक्ष्य पूरा गर्न हाल रौतहट, छिमेकी जिल्लाहरूका साथै सीमावर्ती भारतीय क्षेत्र समेत निगरानी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।