health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २८ पुस । यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले त झनै प्रविधिमैत्री शिक्षाको आवाज चर्को रूपमा उठिरहेको छ।
नेपालमा पनि थुप्रै शैक्षिक संस्थामा विभिन्न प्रविधिको प्रयोग गरेर अध्ययन/अध्यापन गराउन थालिएको छ। बाउ–बाजेको पालामा सहज र सुलभ रूपमा कापी–कलम पाउन मुस्किल हुने हुन्थ्यो । अहिले समय फेरिएको छ। नेपालमै पनि थुप्रै शैक्षिक प्रविधिमैत्री एपहरू निर्माण भइरहेका छन्। तीनै मध्येको एक हो फेस्ट इआरपी कम्प्लिट स्कुल म्यानेजमेन्ट सिस्टम।
फ्युचर एजुकेसन अफ साइन्स एन्ड टेक्नोलोजी कम्पनीले उक्त शैक्षिक व्यवस्थापन प्रणाली बजारमा ल्याएको हो। प्रविधिमैत्री र समय सापेक्ष शिक्षामा जोड् दिँदै नवीन सोचका साथ यो एप निर्माण गरिएको कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारी बताउँछन्।
‘विज्ञान र प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्नुको लागि, विशेष गरी नेपालमा नै अध्ययन गरेर नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर सिस्टम बनाउनु सकिन्छ भनेर कलेज पढ्दा पढ्दै हामीले २०७४ सालमा तीन जना साथीहरू मिलेर आइटी कम्पनी सञ्चालनमा ल्याएका हौँ। इन्जिनियर विक्की महत, पावन प्रसाद भट्टले मिलेर शिक्षा क्षेत्रमा प्रविधिमैत्री क्रान्ति गर्ने सोचका साथ यो सिस्टम सञ्चालनमा ल्याइएको हो,’ सोडारी भन्छन्।
६ वर्षको अवधिमा सोडारीको टिमले शैक्षिक व्यवस्थापन प्रणाली कसरी निर्माण गर्नु सकिन्छ भनेर विभिन्न विद्यालयमा अवलोकन गरेर, आफै अध्यायपन गराएर अनुसन्धान गरेर र शिक्षा क्षेत्रमा काम गर्ने शिक्षाविद्हरू लगायत सँग सुझाव सल्लाह लिएर काम गर्यो। अध्ययन पश्चात् ठुलो सफलता पनि हासिल गरिसकेको छ। अहिले उनको टिमले निर्माण गरेको शैक्षिक प्रणाली सात वटै प्रदेशका विभिन्न शैक्षिक संस्थाहरूमा लागू भएको छ। स्कुल कलेज क्याम्पस र विश्वविद्यालयहरूको लागि अति उपयोगी क्लाउड पद्धतिमा आधारित नेपालमा तयार गरिएको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक प्रवर्धन सूचना भरपर्दो तथा गुणस्तरीय वेब ऐप्लीकेशन हो । बौद्धिक प्रतिस्पर्धाको युगमा शिक्षाको विकासका निम्ति जोड्नु यो सिस्टम विकास गरिएको हो । यो प्रविधिले सिङ्गो राज्यको सबै शिक्षण प्रतिष्ठानहरू एउटै मञ्चमा ल्याएर अनुगमन, नियमन र नियन्त्रण गर्न सकिन्छ ।
‘यो शैक्षिक प्रणाली निकै लाभदायक छ। यसको प्रयोग गरेर एकै पटकमा शैक्षिक सङ्घ–संस्थाका गतिविधिहरू हेर्न सकिन्छ। स्थानीय, प्रदेश र केन्द्र सरकारले यो प्रणालीको प्रयोग गरेर आफ्ना मातहतका शैक्षिक सङ्घ–संस्थाहरूको दैनिक, साप्ताहिक, मासिक वा वार्षिक गतिविधि आफू बसेकै ठाउँबाट हेर्न सक्छ,’ सोडारीले भने।
शैक्षिक क्षेत्रमा भइरहेको यावत समस्याहरूको समाधान डिजिटल माध्यमबाट होस् भन्ने उद्देश्यका साथ यो प्रविधिको निर्माण गरिएको र यसको महत्त्व बुझ्न सके शैक्षिक संस्थाहरूले विभिन्न लाभ लिन सक्ने उनको दाबी छ।
‘हामीले निर्माण गरेको प्रविधिको प्रयोग गरेर एकै ठाउँबाट थुप्रै सेवा लिन सकिन्छ। विद्यार्थीको भर्ना रेकर्ड, नतिजा प्रकाशन तथा व्यवस्थापन, शुल्क व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, भुक्तानी गर्नुका साथै बक्यौता बारे जानकारी, मोबाइल एसएमएसका माध्यमबाट विभिन्न सूचनाको जानकारी प्रदान, सर्टिफिकेट/आई कार्ड निर्माण गर्न सकिने, शिक्षक, विद्यार्थी र कर्मचारीको अटोमेसनद्वारा हाजिर व्यवस्थापन, लर्निङ म्यानेजमेन्ट सिस्टम, मल्टी ब्रान्च सिस्टम, रिसेप्सन म्यानेजमेन्ट सिस्टम, बिदा व्यवस्थापन प्रणाली, अनलाइन शुल्क व्यवस्थापन प्रणाली, कर्मचारीको तालिम व्यवस्थापन, ई–लाइब्रेरी म्यानेजमेन्ट, कर्मचारी तलब भुक्तानी, लेखा व्यवस्थापन प्रणाली, होस्टेल म्यानेजमेन्ट, क्यान्टिन म्यानेजमेन्ट, भेइकल ट्रयाकिङ सिस्टम, इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम अन्य विविध विवरणलगायत सेवा एकै ठाउँबाट लिन सकिन्छ,’ उनले भने। शिक्षकहरूले सहजरुपमै यस प्रविधिका माध्यमबाट होमवर्क दिन सक्ने र जाँच्न सक्ने सेवासमेत रहेको उनी बताउँछन्।
शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकहरूको लगइन सिस्टम निर्माण गर्दै उनीहरू त्यसका माध्यमबाट आफूअन्तर्गतका जिम्मेवारी सहजै हेर्न सक्ने छन्। त्यसका अलावा उनीहरूले आफूले निर्वाह गर्नुपर्ने दायित्वको स्मरण गर्दै त्यसलाई पुरा गर्न सकिने सोडारीले बताए। यसका अलावा अन्य थुप्रै फिचरको प्रयोग गरेर सेवाहरू लिन सकिने उनको भनाइ छ।
‘आफ्नो बच्चाले समयमा गृहकार्य गरेको छ कि छैन। स्कुलमा पुग्यो कि पुगेन। कतै जाममा परेको त छैन। केही समस्यामा फसेको त छैन। शिक्षकले होमवर्क दिएको छन् वा छैनन्। विद्यालयमा शिक्षा सिकाइ कस्तो छ। शुल्क बुझाउने समय र बुझाउनु पर्ने रकम कति छ? यी विविध विषयमा अभिभावकले एपको प्रयोग गरेर घरबाटै हेर्न सक्नु हुनेछ। र, शुल्क पनि घरबाटै बुझाउन सकिने छ। विद्यालयले पनि प्रत्येक अभिभावकलाई भेटेर बुझाइ राख्नु पदर्नै। यसले सबैको समय व्यवस्थापन हुन्छ,’ उनले भने।
स्कुलमा कति शिक्षक आए, कति विद्यार्थी आए, कुन कक्षामा कुन विषयको पठाइ भइरहेको छ? विश्वमा कुन कलेजमा कुन कोर्स पढाइरहेका छन् लगायत विषयको जानकारी पनि यस प्रणालीका माध्यमबाट लिन सकिन्छ। विद्यार्थीहरू कक्षामा अनुपस्थित भएमा तत्कालै अभिभावकलाई मोबाइलमा म्यासेज जाने सोडारीको भनाइ छ। यसरी शिक्षक र अभिभावकका बिचमा सहजरुपमा शैक्षिक गतिविधिबारे संवाद गर्न सकिने गरी प्रविधि निर्माण गरिएको छ।
स्कुल वा कलेजले यो सिस्टम लिएर आफ्नै सिस्टम निर्माण गर्न सक्छन्। ‘सिस्टम निकै प्रभावकारी रहेको भन्दै मेचीदेखि महाकालीसम्मका शैक्षिक संस्थाले सन्तुष्टि जनाइरहेका छन्। हामीसँग जोडिएका कुनै पनि संस्था अहिलेसम्म बाहिरिनु भएको छैन,’ उनले भने, ‘स्कुलको चाहना अनुसार पनि हामीले यो सिस्टम अपडेट गरिदिन सक्छौँ।’
यस सँगसँगै प्रविधिमैत्री शिक्षा प्रदानका लागि रि–डिफाइन स्टिम एजुकेसन आर्टिफिशियल इन्टेलिजेन्स, रोबटिक्स, स्याटलाइट, टेलिस्कोप, थ्रिडी प्रिन्टरका साथै एआर र भिआर लगायतका तालिम पनि देशैभर यी कार्यक्रम सञ्चालन गरिरहेको उनी बताउँछन्।
सोडारीले शिक्षामा थप सुधारका लागि संस्कार, संस्कृति, सम्पदा, नैतिकता, कला, पर्यटन, मूर्तिकलामा पनि जोड् दिएर तालिम प्रदान गरिरहेको बताए। उनले विभिन्न भाषामा पनि प्रविधिको प्रयोगका लागि एप निर्माण गरिने जानकारी दिए। यति बेला प्रविधिको विस्तार देशभित्रका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि थालिएको उनी बताउँछन्। ‘फेस्टले बनाएको सिस्टम र एपको प्रयोग चीन, साउथ अफ्रिका, भारत र भुटानमा पनि प्रयोग भइरहेको छ। यसको विस्तार अन्य देशमा पनि गर्ने सोचमा हामी छौँ,’ उनले भने।
नेपालको मौलिक शिक्षा पद्धतिमा आधारित रहेर पनि यो सिस्टम निर्माण गरिएको छ । यो सिस्टम आधुनिक गुरुकुलिय प्रणाली अनुसार पनि तयार गरिएको छ ।
साथै फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली सङ्घ, प्रदेश र स्थानीय सरकार मातहतमा रहेको शिक्षा विभागले आफ्नो मातहतमा भएका सम्पूर्ण शैक्षिक संस्थामा हुने गतिविधिहरूलाई यस प्रविधिका माध्यमबाट अनुगमन, नियन्त्रण र मार्ग निर्देशन प्रदान गर्न सक्ने छन्। यसैका माध्यमबाट गुणस्तरीय शिक्षा प्रदानका तालिम पनि प्रदान गर्न सकिने छ।
‘सम्बन्धित सरकारको शिक्षा शाखाकाद्वारा कार्यालयमै बसेर अनुगमन गर्न सकिने छ। विद्यालयको प्रधानाध्यापकले आफ्नो मातहतका शिक्षक तथा कर्मचारीलाई कार्यसम्पादन मुल्याङ्न गर्न सकिने छ। कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षक तथा कर्मचारीहरूलाई दिइने सुविधा थपघट (पुरस्कार/दण्ड) मा शैक्षिक शाखाद्वारा नीति निर्माण गराइ आफ्नो विद्यालयको शैक्षिक सुधारका लागि गर्न सकिने क्रान्तिकारी एवम् ऐतिहासिक पहलकदमीको ढाँचा हाम्रो प्रणालीमा छ’, सोडारीले भने। उनले यसको विस्तारमा गुणस्तरीयतामा सधैँ आफ्नो ध्यान केन्द्रित हुने बताएका छ ।