Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

निकै उतार चढावपूर्ण परिस्थितिका साथ अगाडि बढ्यो, शिक्षक मनोज श्रेष्ठको शैक्षिक तथा साहित्यिक जीवन । खोटाङ, बुइपामा जन्मिएका शिक्षक श्रेष्ठ, अहिले सफल शिक्षकका रूपमा स्थापित भैसकेका छन् । राजधानीको डल्लुमा फ्यूचर स्टार स्कुल सञ्चालन गरिरहेका शिक्षक, श्रेष्ठ भन्छन्, ‘शिक्षक भनेको मार्ग निर्देशक हो ।’
शिक्षकको भूमिका प्रस्ट पार्दै उनी भन्छन्, ‘बालबालिकाको दृष्टिमा शिक्षक भनेको सबै जानेको भन्ने हुन्छ । पहिले शिक्षक भनेको अनुशासित बनाउने भन्ने मात्रै हुन्थ्यो । तर अहिले शिक्षकको परिभाषा फेरिएको छ ।’
विद्यार्थीहरूसँग हातेमालो गर्दै आफ्नो दिनचर्या चलाउँदै आउनुभएका शिक्षक श्रेष्ठ भन्छन्, ‘विज्ञान र प्रविधिका कारण विद्यार्थीहरू धेरै जानकार भइसकेका छन् । त्यो अनुसार शिक्षकले आफूलाई अपडेट गर्नुपर्ने आवश्यकता छ ।’ उनी अगाडि भन्छन्, ‘त्यसो भएन भने शिक्षक, गोठालो जस्तो मात्रै हुन्छ ।’
शिक्षकहरूले सम्मान र स्वाभिमानको लागि धेरै सङ्घर्ष गरिरहनुपरेको बताउँदै शिक्षक श्रेष्ठ, ‘शिक्षकलाई सम्मानित रूपमा व्यवहार गरिँदैन ।’ उनी भन्छन्, ‘शिक्षकले आफ्नो जिम्मेवारी तथा दायित्व पूरा गर्न सकिरहेको अवस्था छैन । उनीहरूलाई सजाय दिने गोठालो जस्तो भूमिकाले गर्दा पनि शिक्षकले सम्मान पाउन नसकेको अवस्था हो ।’
एभरेृष्ट इनोभेटेड कलेजको डाइरेक्टरको रूपमा समेत कार्यरत शिक्षक श्रेष्ठ, विद्यार्थीहरूलाई अलि फरक शैलीमा पठन पाठन गराउने गर्दछन् । राजधानीको डल्लुमा ख वर्गको निजी स्कुल सञ्चालन गर्दै आएका शिक्षक श्रेष्ठ, ‘विद्यार्थीको रुचिअनुसार मनोपरामर्श गर्ने, विषयवस्तु छनोटमा सल्लाह दिने, सामाजिक तथा शैक्षिक भ्रमण गराउने, विज्ञान तथा टेक्नोलोजीको ज्ञान गराउने, क्षमता अभिवृद्धि गर्न विभिन्न गतिविधि गराउने, कम्प्युटर शिक्षालाई बढी जोड दिने’ बताउँछन् । एकदमै सस्तो शुल्कमा विद्यार्थीहरूको शिक्षाको गुणस्तर बढाउन क्रियाशील रहँदै आएका उनी, ‘भरसक विद्यार्थीलाई स्वदेशमा सङ्घर्ष गर्ने वातावरण तथा विदेश जानु नपर्ने स्थिति सिर्जना गर्दै आएको’ बताउँछन् ।
’नेपाल सरकारको शिक्षा नीति प्रति गुनासो गर्दै उनी भन्छन्, ‘सरकारले १७ प्रतिशतसम्म शिक्षा क्षेत्रमा लगानी गरेको छ । त्यो पैसा शिक्षक तलब र भौतिक संरचनामा मात्र सीमित हुन्छ । त्यसको विपरीत विद्यार्थी केन्द्रित शिक्षा तर्जुमा गर्न सकिरहेको अवस्था छैन । शिक्षाको माध्यमबाट सफलता प्राप्त गर्न सकिरहेको अवस्था छैन । विद्यार्थीमा पढ्ने भावनाको विकास हुन सकिरहेको छैन । जबकि सरकारको ध्यान, शिक्षाको माध्यमबाट विदेश मजदुर बनाउने मात्र रह्यो ।’ उनी भन्छन्, ‘विदेशीहरूले नेपाली विद्यार्थी भर्ना गरेर आफ्नो अर्थतन्त्र बलियो बनाइरहेका छन् तर नेपाल सरकारको विदेशी विद्यार्थी पढाउने कुनै योजना छैन । ंंंंहाम्रा विद्यार्थीहरू विदेश जाँदा थुप्रै सुविधाहरू पाउँदा  उतै पलायन हुन्छन् । विदेश पढेर सिप ल्याएर देशमै केही गरे राम्रो हुन्थ्यो । तर त्यस्तो छैन । सरकारले त्यसको कुनै योजना बनाएको पनि छैन ।’
निजी विद्यालयलाई गुठीमा लैजान सरकारले पहल गरिरहेको भन्दै शिक्षक श्रेष्ठ, ‘सरकारको यो प्रयास व्यवहारिक नभएको’ बताउँछन् । उनी भन्छन्, ‘सरकारले निजी सम्पत्तिलाई सिधै गुठीमा लग्ने हो भने शैक्षिक लगानीकर्ताहरूलाई ठुलो मार पर्छ । शैक्षिक माफियाहरूबाट बदमासी हुन्छ भने त्यसलाई रोक्नुपर्दछ । तर जीवनभरिको मेहनतबाट प्राप्त निजी सम्पत्तिलाई सिधै गुठीमा लैजाँदा धेरै नै मार पर्दछ ।’
खोटाङको दुर्गम गाउँमा हुर्किँदै आए पनि शैक्षिक व्यक्तित्व श्रेष्ठ, सानैदेखि लेखन तथा साहित्यमा जोडिँदै आए । ६ कक्षामा पढ्दा नै उनी १० कक्षाका विद्यार्थीसँग प्रतिस्पर्धा गरेर कविता प्रतियोगितामा प्रथम भएका थिए । उनी भन्छन्, ‘कसैले सिकाएर होइन, आफै स्वतःस्फूर्त भावनाबाट कविताहरू फूर्थ्यो ।’
उनी सानैदेखि प्रगतिशील साहित्यबाट प्रभावित हुँदै गए । उनको साहित्य लेखन, समाजभित्रको अन्याय अत्याचार तथा निरकुंश शासनका विरुद्ध केन्द्रित हुन्थ्यो । ‘श्रीमान् गम्भीर’ जस्ता राष्ट्रिय गानको बहिष्कार गर्दा उनी स्कुलमा सजायको भागिदार हुनुपर्दथ्यो । ३६ सालको आन्दोलनमा पनि उनको सक्रिय भूमिका रह्यो । सानैदेखि साहित्यको भण्डार एकीकृत हुँदै गए पनि उनी दुखेसो पोख्छन् ‘एक पटक सिडिओको आतङ्क सहन नसकेर बुवाले मेरा सबै कविताहरू जलाइदिनुभयो ।’
एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भए पनि उनी राजधानीको अस्कल क्याम्पसमा पढ्न थाले । काठमाडौँमा पढिरहँदा पनि प्रगतिशील समाज, साहित्य सन्ध्या, साहित्य प्रवाह जस्ता साहित्यिक मञ्चहरूमा उनले कविताहरू वाचन गरिरहन्थे ।
घरको आर्थिक समस्याले उनी रोजगारीको खोजीमा कोरियातर्फ लागे । तर त्यहाँ पनि उनी साहित्यमा जोडिरहे । त्यहाँ उनले नेपाली सन्देश भन्ने साहित्यिक पत्रिकाको प्रारम्भमा सह–सम्पादक र पछि सम्पादक भएर काम गर्न थाले । केही समयपछि हिमाली आवाज भन्ने पत्रिकाको सम्पादक भए । कोरियाबाट नै प्रभात भन्ने पत्रिका  निकालेको तर ६/७ अङ्कपछि त्यसलाई निरन्तरता दिन नसकेको, उनी बताउँछन् । साहित्यिक गतिविधिहरूका साथै नेपाली सम्पर्क समितिमा जोडिँदै गर्दा उनी सामाजिक गतिविधिहरूमा पनि जोडिरहे । कोरिया बसाईको सन्दर्भमा प्रवास नामक साहित्यिक पत्रिकासँग पनि उनी जोडिए ।
२०५५ सालमा कोरियाबाट फर्केपछि डल्लुको फ्यूचर स्टार स्कुल स्थापना गरेपछि पनि उनी आफ्ना विद्यार्थीहरूलाई लेखन, कविता, साहित्यतर्फ उत्प्रेरित तथा प्रोत्साहन गरिरहेका हुन्छन् । नेपाल आएर पनि मियो साहित्यिक त्रैमासिक प्रकाशनको व्यवस्थापक भएर ६ अंकसम्म आफ्नो भूमिका निर्वाह गरिरहे ।
उनी अन्त्यमा भन्छन्, ‘मेहनत मजदुरी गर्ने गरिब दुखी परिवारलाई सस्तो शुल्कमा निजी स्कुलको सेवा दिने हाम्रो लक्ष्य हो । त्यो दिशामा म धेरै हदसम्म सफल भएको छु ।’
(डल्लुस्थित फ्यूचर स्कुलका प्रिन्सिपल मनोज श्रेष्ठ र ज्ञानघरबीच भएको कुराकानीको आधारमा)

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...