Gyaan Ghar

Advertisement

क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो

काठमाडौँ, २८ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी फेब्रुअरीमा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिम छनौटको लागि २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ ।

क्यानले शनिवार कप्तान इन्दु बर्मासहित २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो । हालै सम्पन्न पीएम कपमा गरेको प्रदर्शनको आधारमा क्यानले २४ खेलाडी छनौट गरेको छ ।

क्लोज क्याम्पमा बोलाइएका खेलाडीमा इन्दु बर्मा (कप्तान), बिन्दु नेपाल, रुबिना क्षेत्री, सिता राना मगर, काजोल श्रेष्ठ, सबनम राई, सङ्गीता राई, सङ्गीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डोली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, यशोदा विष्ट, खुसी डङ्गोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पूजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी रहेका छन् ।

एसीसी महिला प्रिमियर कप आगामी फेब्रुअरी ९ देखि १८ सम्म मलेसियामा हुँदै छ ।

नेपाल, आयोजक मलेसियासहित थाइल्यान्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र मालदिभ्स रहेका छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एसिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एसिया कप २०२५ मा छनौट हुने छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...