Gyaan Ghar

Home

Advertisement

आत्म–मुग्धता गम्भीर मानसिक रोग

  • मनोज भट्ट

आत्म–मुग्धताको क्षेत्र धेरै नै विशाल छ । मैले ज्ञानको क्षेत्रमा मात्र यसको चर्चा गर्न खोजेको छु । आफूसँग भएको कुनै वस्तु,सिप,सीमित ज्ञान,सुन्दरताबाट आफै मुग्ध हुनुलाई आत्म–मुग्धता भनिन्छ । समाजीक सञ्जाल लगायतका क्षेत्रमा कतिपय व्यक्तिले आफूलाई सबै क्षेत्रको ज्ञाताको रूपमा प्रस्तुत गरेर आफूसँग भएको सीमित ज्ञानमाथि मुग्ध भइरहेको देखिन्छ ।तर तिनीहरू आत्म–मुग्ध हुने बेला ज्ञानको क्षेत्र धेरै विशाल छ भन्ने कुरा विर्सीन्छन ।आफ्नो आत्म प्रशंसामा रमाउँछन् ।तर विश्वका असाधारण प्रतिभाशाली व्यक्तित्व कार्ल मार्क्सको त मूल मन्त्र नै थियो,“ गुरुलाई पनि शिक्षाको आवश्यकता पर्दछ ”उहाँले ज्ञानको क्षेत्रमा जहिले पनि आफूलाई विद्यार्थीको रूपमा पेस गर्नु भयो ।सन १९७० मा चीनको लुसानमा भएको चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा, माओले “ म स्वयं हरेक दिन विद्यार्थी हुन्छु ” भनेबाट पनि उहाँको महानता झल्किन्छ ।महान् वैज्ञानिक न्युन्टनले “ हामीलाई जति कुराको ज्ञान छ त्यो थोपा हो भने जुन कुराको ज्ञान छैन त्यो समुन्द्र हो” भनेर ज्ञानको क्षेत्र विशाल रहेको बताएका छन्।महान् व्यक्तित्वहरूले आफूसँग भएको ज्ञानको कहिले पनि स्वप्रशंसा गर्ने वा दम्भ देखाउनु भएन ।बरु आफ्ना बारेमा अरूले गरेको अतिशयोक्तिपूर्ण प्रशंसाको पनि दृढतापूर्वक खण्डन गरेको पाइन्छ ।रुसमा स्टालिनको प्रशंसा गर्दै एकताका प्रकाशनको बाढी नै आएको थियो ।तर स्टालिनले अतिशयोक्तिपूर्ण ढङ्गबाट आएका प्रशंसाहरूको दृढतापूर्वक खण्डन गर्दै आफूलाई सामान्य मजदुरको रूपमा  प्रस्तुत गर्नुहुन्थ्यो ।लिन प्याओले माओलाई “महामानव” बताउनुका साथै मार्क्सवाद लेनिनवाद सम्बन्धी रचना अध्ययन गर्दा ९९ प्रतिशत कुराहरू अध्यक्ष माओ कै पढ्नुपर्छ भन्थे ।तर माओले यी सबै कुराको खण्डन गर्नु भएको थियो ।आफूलाई सर्व ज्ञाता बताउने साथीहरूले यी कुराबाट केही मात्रामा भए पनि शिक्षा लिन सके राम्रो हुने थियो ।तर उहाँहरूलाई आत्म–मुग्धता जस्तो गम्भीर मानसिक रोगले भेटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको...
सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । सर...
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौँ । साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । साउदी प्रशासनका ...
अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, असार ९ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search