health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ पौष २७ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घले नियमित रूपमा सञ्चालन गर्दै आएको साहित्यिक पदयात्राको चौथो भाग, पौष २७ गते सम्पन्न भएको छ । नुवाकोटको ककनी देखि गुर्जेभन्ज्याङ्सम्म चलेको पदयात्रामा विभिन्न साहित्यकार,लेखक, कवि, गीतकारहरूको सहभागिता रहेको थियो ।

नयाँ र पुराना पुस्ताका सृष्टाहरुको कलामा निखरता तथा प्रस्फुटित गर्ने त्यसका साथै साहित्यिक गतिविधिमा प्रोत्साहित गर्ने उद्देश्यका साथ सञ्चालित पदयात्रामा आठ वर्षीय सान्वी तथा सुहेम , १२ वर्षीय सङ्घर्षको समेत सहभागिता रहेको थियो । पदयात्राको अवधिमा भीष्म जोशी, ऋतु के.सी., समष्टि बुढा, ध्रुव बस्याल, सान्वी जोशी, मालता बेल्बासेले कविता, हेमराज आश्रम, समीर सिंह, कविता चौधरी, नेत्र राना, साहिल थापा, पूजा बेल्बासे, मदन पाण्डेले, सुहेम पुनले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा कविता के.सी., घनश्याम न्यौपाने, दीप गोले, सङ्घर्ष न्यौपानेले साहित्य तथा संस्कृतिका बारेमा अनुभूति प्रस्तुत गरेका थिए । २६ जना सृष्टाको उपस्थिति रहेको पदयात्रा गुर्नेभन्जयांग पुगेर समापन भएको थियो ।
अन्पा काठमाडौँ जिल्ला समिति गठन
काठमाडौँ पौष २७ । लेखक तथा साहित्यकारहरूलाई सङ्गठित रूपमा सिर्जनात्मक गतिविधिमा क्रियाशील गराउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा), काठमाडौँ जिल्ला समिति गठन भएको छ ।
पौष २७ गतेका दिन साहित्यिक पदयात्राको अवधिमा सो समिति गठन भएको हो । समितिको संयोजक ऋतु के.सी.रहेकी छन् । त्यस्तै सदस्यहरूमा मेस्मा पुन, समष्टि बुढा, मालता बेल्बासे, नेत्र राना, मदन पाण्डे, पूजा बेल्बासे, साहिल थापा, कविता के.सी., हरि सर्तुङ्गी, कविता चौधरी, निलम सिंजाली, धु्रब बस्याल रहेका छन् । समितिको छिटै बैठक बसेर साहित्यिक तथा रचनात्मक गतिविधि अगाडि बढाउने संयोजक ऋतु के.सी.ले ज्ञानघरलाई बताइन ।




