health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
![]()
काठमाडौँ, २३ पुस । हिजो बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मुख्यतः सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूह बिचमा लफडाबाजी नै परयो ।
त्यो लफडाबाजी यतिसम्म भयो कि कोइरालाले आफ्नो पक्षले ९ सिट मध्ये ४ सिट नपाए निर्णय प्रक्रियामा भाग नलिने भन्दै कोइराला बैठक नै छाडेर हिँडे । बैठक छाडेर हिँडेका कोइरालालाई मनाउनका लागि सभापति देउवालाई रातभर लाग्यो ।
र, बिहान झिसमिसेमा सत्तारूढ गठबन्धनको कोटामा पाएको १० सिटका लागि नाम टुङ्गियो र प्रेसलाई बिहान ६:२९ बजे मुख्यसचिव कृष्णप्रसाद पौडेलले इमेलमार्फत जानकारी गराए।
तर, बिहान भएको निर्णयमा भने महामन्त्री गगन थापाले असन्तुष्टि जनाएका छन्। बहुमतको निर्णय मान्ने भन्दै उनले २ बुँदे फरक मत दर्ज गराएका हुन् ।
यस्तो छ उनको फरक मत:
‘हाम्रो संविधानले राष्ट्रिय सभामा खास गरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ ।
यसै गरी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो तर आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।’
‘निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखीकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढङ्गले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एक पटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ,
अतः आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।’