Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
यी हुन काँग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौला देखी जीतजंगसम्म - Gyaan Ghar

Gyaan Ghar

Advertisement

यी हुन काँग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौला देखी जीतजंगसम्म

काठमाडौँ, २३ पुस। नेपाली काँग्रेसले चरम आन्तरिक विवादका बिचमा राष्ट्रियसभाको उम्मेदवार चयन गरेको छ।

 

जसअनुसार नेपाली काँग्रेसले कृष्ण सिटौला देखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेदवार चयन गरेको हो ।

सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार 10 सिट पाएको काँग्रेसले आज बिहान उम्मेदवार टुङ्गाएको हो ।

 

यस्ता छन् काँग्रेसको निर्णय:

 

केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयहरू

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री
श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

(१) राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि संवत् २०८० माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली काँग्रेस केन्द्रीय संसदीय समितिको २०८० पौष २२ गते बसेको बैठकद्वारा नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा
३२(९) बमोजिम तपसिलका उम्मेदवार मनोनयनको निर्णयलाई यो बैठक पारित गर्दछ ।

कोसी प्रदेशमा —   श्री कृष्णप्रसाद सिटौला (अन्य)
मधेस प्रदेशमा — श्री आनन्दप्रसाद ढुङ्गाना (अन्य)
बागमती प्रदेशमा— श्री जीतजंग बस्नेत (अन्य)
श्री विष्णुदेवी पुडासैनी (महिला)
गण्डकी प्रदेशमा— श्री किरणबाबु श्रेष्ठ (अन्य)
श्री पदमबहादुर परियार (अपाङ्गता/अल्पसङ्ख्यक)
लुम्बिनी प्रदेशमा — श्री विष्णुकुमारी सापकोटा (महिला)
कर्णाली प्रदेशमा— श्री कृष्णबहादुर रोकाया (अन्य)
सुदूरपश्चिम प्रदेशमा— श्री बलदेव बोहरा (अन्य)
श्री नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसङ्ख्यक)

(२) संवत् २०८० माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढङ्गले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक सबै आदरणीय मतदाताहरूलाई हार्दिक आह्वान गर्दछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...