Gyaan Ghar

Advertisement

नेकपा एसले टुङ्गायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल

काठमाडौँ, २३ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवार टुङ्गाएको छ ।

 

नेकपा माओवादी नेतृत्वको सत्तारूढ गठबन्धनको भागबन्डामा परेको २ सिटमा नेकपा एसले उम्मेदवारी टुङ्ग्याएको हो ।

 

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुङ्गो लगाएर आज नै उम्मेदवारी दिन लागिएको हो । जसअनुसार बागमतीमा घनश्याम रिजाल विश्वकर्मा तथा कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

 

नेकपा एसको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालसहित तीन जनालाई उम्मेदवार टुङ्गाउने जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...