health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, १७ पुस । काठमाडौँ महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ।
महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेको हो।
कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए।
‘कार्यपालिकाको निर्णय विपरीत फरक ब्यहोरा उल्लेख गरी उहाँहरूले स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारीलाई निरन्तरता दिने निर्णयमा प्रमाणीकरण गर्नुभयो। सुरुमा कार्यपालिका निर्णयअनुसार नै गरे पनि पछि भने फरक ब्यहोरा उल्लेख गरिएको पाइएको छ,’ उनले भने।
पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सप्रिया ढुङ्गेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ।
घटनाको छानबिनका लागि सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राज भण्डारीको नेतृत्वमा समिति गठन गरिएको छ। उक्त समितिमा कानुन सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल छन्।
छानबिन प्रतिवेदनको सुझावअनुसार उनीहरूमाथि कारबाही गरिने छ।