Gyaan Ghar

Home

Advertisement

अवैध उत्खननको आरोपमा वडाध्यक्ष र क्रसर सञ्चालक पक्राउ

  • मुकेश कुमार यादव

सिराहा, १४ पुस।  चुरे तथा वन क्षेत्रबाट अवैध रूपमा ढुङ्गा,गिट्टी,बालुवा र ग्राभेल उत्खननको सिफारिस दिएको भन्दै अध्यक्ष र क्रसर सञ्चालकलाई डिभिजन वन कार्यालय लहान सिराहाले पक्राउ गरी हिरासतमा राखेको छ।

 

वन क्षेत्रमा पोखरी गैर कानुनी ढङ्गले उत्खनन सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष फणीन्द्र पोखरेल र कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहम्मद खलिल राइनलार्ई पक्राउ गरेको हो।

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार एक्स्काभेटर प्रयोग गरी अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस गरी सहयोग गरेको आरोपमा वडा अध्यक्ष पोखरेललाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको हो।

कर्जन्हा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूकै मिलेमतो कानुन विपरीत अवैध उत्खनन गरी बिक्री वितरण गरेको आरोपमा कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहम्मद खलिल राइनलाई पनि नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको सूचना अधिकारी चौधरीले जनाए ।

गत ७ गते पुसमा सोही क्षेत्रबाट अवैध उत्खनन गरिरहेको अवस्थामा गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले  स्काभेटरसहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई पक्राउ गरिएको थियो।

पक्राउ गरिएका व्यक्तिहरू उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिए ।

स्थानीय जनप्रतिनिधिहरूले आर्थिक प्रलोभनमा परि सिरहको उत्तरी क्षेत्रका वडाहरूमा ग्राभेल उत्खनन गर्न पोखरीको सिफारिस दिन गरेको छ।

 

उत्तरी क्षेत्रमा पानी पोखरी नफस्टाए पनि यहाँबाट ग्राभेल तस्करहरूलाई सहज पार्न वडा कार्यालयहरूले आर्थिक प्रलोभन कै कारण गैर कानुनी रूपमा पोखरी खन्ने सिफारिस दिने गरेको स्थानीयहरू बत्ताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । आइतबार सम्प...
काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणअन्तर्गतको काठ...
अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, असार २ । प्रकृतिसँग रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)को छैठौ...
राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search