Gyaan Ghar

Home

Advertisement

‘भूठान’ छायाङ्कनमा लागि हरिवंश आचार्य अमेरिकामा

काठमाडौँ, १२ पुस । अभिनेता हरिवंश आचार्य विनोद पौडेलको निर्देशन रहने ‘भूठान’ छायाङ्कनका लागि अमेरिका पुगेका छन् । सांस्कृतिक कार्यक्रमका लागि बेलायत पुगेका आचार्य उतैबाट अमेरिका पुगेका हुन् ।

 

उनले सामाजिक सञ्जालमा निर्देशक पौडेलसहित निर्माण टिमका अन्य सदस्यसँगको तस्बिर राख्दै सुटिङका लागि अमेरिका पुगेको जानकारी गराएका हुन् । ‘ह्याप्पिएस्ट मेन इन दि वर्ल्ड’ अङ्ग्रेजी शीर्षक रहेको सिनेमा हरिवंश आचार्यले अमेरिकामा पुनर्वासमा गएका भुटानी शरणार्थीको भूमिका निर्वाह गर्नेछन् ।

 

चलचित्रको सुटिङ जनवरीको दोस्रो हप्ताबाट अमेरिकाको ओहायो राज्यमा सुरु हुनेछ । विनोद पौडेलकै लेखन रहेको चलचित्रमा दयाहाङ राई र जोयस पाण्डे पनि महत्त्वपूर्ण भूमिकामा रहनेछन् । यही चलचित्रको सुटिङका लागि दयाहाङ राई आउँदो माघ ६ गते अमेरिका प्रस्थान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । आइतबार सम्प...
काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणअन्तर्गतको काठ...
अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, असार २ । प्रकृतिसँग रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)को छैठौ...
राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search