health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, ११ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशमा बुनिरहेको षड्यन्त्रको तानाबानाबारे छलफल भएको जानकारी दिएका छन् ।
बुधवार वाट ललितपुर सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशमा षड्यन्त्रको तानाबाना बुनिरहेको र यसबारे छलफल भएको बताएका हुन् ।
मोर्चा संयोजक रहेका उनले प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण हुने कार्य भएकाले पुनः दलहरू एक भएर गम्भीर रूपले अघि बढ्नुपर्ने बताए ।
संविधान रक्षाका लागि एमालेभित्र गरेको विद्रोहले विघटित गरिएको प्रतिनिधिसभा पुनः स्थापित गरेको स्मरण गराउँदै उनले अहिले फेरि संविधानमाथि आक्रमण भइरहेकाले गम्भीर हुनुपर्ने स्थिति पुगेको बताए ।
‘अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । विभिन्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशभित्र षड्यन्त्रका तानाबाना बुनिरहेका छन्,’ उनले भने, ‘आज बिहान मात्रै समाजवादी मोर्चाको बैठक बस्यो । त्यो बैठकमा गम्भीर छलफल चलिरहेको छ । छलफल सुरु भएको छ, समाप्त भएको छैन ।’