Gyaan Ghar

Advertisement

सहकारी ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पर्वत, ११ पुस । पर्वतको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनलाई बुधवार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।

 

सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा उनले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पुर्जी जारी भएपछि केही समय फरार रहेका उनी अन्ततः बुधवार दिउँसो पक्राउ परेका हुन् ।

उनलाई १ करोड ५० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । रकम लिएर पनि काम नभएपछि सञ्चालकले नै प्रहरीलाई भिडियो प्रमाण उपलब्ध गराएपछि सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।

साथै मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गरेको आरोपमा ३२ जनाविरुद्ध मुद्दा चलाएको छ ।

 

उनीहरूबाट ३१ करोड बिगो भराउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले गत आइतबार सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ ।

 

तीन हजार ४४६ जना पीडित बचतकर्ताहरूले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...