काठमाडौँ, ११ पुस । जारी प्रधानमन्त्री महिला टी- २० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौँ जित हासिल गरेको छ । बुधवार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौँ जित हासिल गरेको हो ।
एपीएफले दिएको १६१ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्र बनाएको थियो । यस अघि एपीएफले पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो ।
यो जितपछि एपीएफ ५ खेलमा अपराजित हुँदै १० अङ्क हासिल गरेर अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ ।
त्यसै गरी कर्णाली प्रदेशले लगातार पाँचौँ हार बेहोरेको छ ।
अब एपीएफले अर्को खेल बिहीबार गण्डकी प्रदेशसँग खेल्ने छ भने कर्णालीले अर्को खेल बिहीबार नै बागमती प्रदेशसँग खेल्ने छ ।