Gyaan Ghar

Advertisement

देशी विदेशी प्रतिक्रियावादीका षड्यन्त्रबारे मोर्चामा छलफल भयो : माधव नेपाल

काठमाडौँ, ११ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशमा बुनिरहेको षड्यन्त्रको तानाबानाबारे छलफल भएको जानकारी दिएका छन् ।

बुधवार वाट ललितपुर सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशमा षड्यन्त्रको तानाबाना बुनिरहेको र यसबारे छलफल भएको बताएका हुन् ।

 

मोर्चा संयोजक रहेका उनले प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण हुने कार्य भएकाले पुनः दलहरू एक भएर गम्भीर रूपले अघि बढ्नुपर्ने बताए ।

संविधान रक्षाका लागि एमालेभित्र गरेको विद्रोहले विघटित गरिएको प्रतिनिधिसभा पुनः स्थापित गरेको स्मरण गराउँदै उनले अहिले फेरि संविधानमाथि आक्रमण भइरहेकाले गम्भीर हुनुपर्ने स्थिति पुगेको बताए ।

‘अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । विभिन्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशभित्र षड्यन्त्रका तानाबाना बुनिरहेका छन्,’ उनले भने, ‘आज बिहान मात्रै समाजवादी मोर्चाको बैठक बस्यो । त्यो बैठकमा गम्भीर छलफल चलिरहेको छ । छलफल सुरु भएको छ, समाप्त भएको छैन ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...