Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
हरिबहादुरभित्र जनताको साहित्य र साहित्यकार - Gyaan Ghar

Gyaan Ghar

Advertisement

हरिबहादुरभित्र जनताको साहित्य र साहित्यकार

* डा. कौशिला रिसाल
विषय प्रवेश
कुनै पनि व्यक्तिसँग भेट्न अनुकूल समय आउनुपर्छ । नारायणमान विजुक्छे ‘रोहित’ को नाम बारम्बार सुने तापनि उहाँसँग भेट्ने मौका मिलेको थिएन । खासगरी राजनीतिकर्मीका रूपमा सञ्चार माध्यममा आइरहने नाम हो नारायणमान विजुक्छे अर्थात् रोहित । राजनीतिक रूपमा उनको योगदान जति छ उत्तिकै रूपमा नेपाली साहित्यमा पनि योगदान रहेको छ । नेपाली साहित्य लेखनमा ‘हरिबहादुर’ का नामले परिचित उनका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । लामो समयदेखि प्रगतिशील साहित्य लेखन लागेका हरिबहादुर साहित्यलाई मार्क्सवादी आँखाबाट लेखिनुपर्छ र हामीले लेखेको साहित्य जनसाहित्य हुनुपर्छ भन्ने मान्यता राख्छन् । भेटमा उनका एक दर्जन पुस्तक उपहारस्वरूप प्राप्त गरेपछि सर्वप्रथम मैले ‘जनताको साहित्य र साहित्यकार’ पुस्तक पढेँ । उक्त पुस्तक अध्ययन गरेपछि पुस्तकप्रतिको छोटो टिप्पणी प्रस्तुत गरेकी छु ।
‘जनताको साहित्य र साहित्यकार’ पुस्तक पढेपछि मलाई हरिबहादुर श्रेष्ठ साँच्चै जनताका लेखक भएको अनुभूति भयो । २०३२ सालमा पहिलो संस्करण प्रकाशित यस पुस्तकका क्रमशः दोस्रो (०३८), तेस्रो (०३८) र चौथो (०७९) संस्करण प्रकाशित छन् । ९६ पृष्ठको यस पुस्तकभित्र साहित्य के हो ?, प्रतिक्रियावादी र प्रगतिशील साहित्य, साहित्यले जनताको कसरी सेवा गर्छ, पात्र र पात्रको चुनावलगायत सोह्र शीर्षकमा छोटा छोटा आलेखहरू समेटिएका छन् । शीर्षकहरूले स्पष्ट पार्न नसकेका विषयलाई परिशिष्टअन्तर्गत राखेर प्रस्ट पारिएको छ । जनताको साहित्य कस्तो हुनुपर्ने भन्ने विषयमा नै केन्द्रित रहेर दिइएको उनको अन्तर्वार्ता पनि यसै पुस्तकको परिशिष्टमा समावेश गरिएको छ ।
पुस्तकमा प्रगतिशील साहित्यले सधैँ जनताको पक्ष र हितमा वकालत गर्नुपर्छ भन्ने सन्दर्भमा ल्युसुन र प्रेमचन्द कुनै पनि पार्टीका औपचारिक सदस्य नभए पनि प्रगतिशील साहित्यकार थिए र प्रतिगमन विरोधी भएर देशभक्तिपूर्ण लेखनमा लागेका थिए भन्ने उदाहरण दिएका छन् । प्रगतिशीलतालाई समयअनुसार मान्न सकिने हुँदा कुनै समयमा कुनै कुरा प्रगतिशील हुन्छ भने कुनै समय त्यसको औचित्य हुँदैन भन्ने उदाहरण दिँदै हरिबहादुर लेख्छन्—दास युगको तुलनामा सामन्ती समाज प्रगतिशील थियो, सामन्ती समाजको तुलनामा पुँजीवादी प्रगतिशील थियो । साम्राज्यवादी आक्रमण र उपनिवेशवादको तुलनामा देशभक्तिपूर्ण सङ्घर्ष प्रगतिशील हुन्छ । नेपाल जस्तो बहुभाषी बहुजाति, भाषा, धर्म, संस्कृति भएको देशमा साम्प्रदायिकता अहितकर हुने हुँदा त्यसको विरोध गर्नुपर्छ । ठुला राष्ट्रको अहङ्कारवाद र सङ्कीर्ण एवम् अन्धराष्ट्रवाद दुवै शान्तिका विरोधी हुन् । तसर्थ जनविरोधी मतभेद ल्याउने प्रतिगामी दृष्टिकोणबारे प्रगतिशील लेखक, कवि र कलाकारहरूले कलम चलाउने अधिकार राख्नुपर्छ ।
पुस्तकभित्रका सकारात्मक पक्ष
राष्ट्रको भाषा, संस्कृतिको जगेर्ना, मठमन्दिर, वास्तुकला, रीतिरिवाजको सम्वद्र्धन गर्नुपर्छ । स्थानीय कला, संस्कृति र ज्ञानको जगेर्ना गर्नु हाम्रो जिम्मेवारी हो । लेखक, कवि, साहित्यकार, प्राध्यापकको सांस्कृतिक चिन्तनको स्तर बढे पनि धेरै सङ्ख्यामा रहेका पाठकका चेतना र विकास हुनु आवश्यक छ । आजको समयमा मानिस बेच्ने शैली फेरिएको छ, म्यानपावर र दलालीको वर्चस्व छ । युवतीहरू बहुराष्ट्रिय कम्पनीको शारीरिक र मानसिक शोषणमा परेका छन् । यसको समाधानका लागि स्कुल तहदेखि नै अध्ययन÷अध्यापन गर्दा ध्यान दिनुपर्ने सुझाव लेखकले दिएका छन् । पुस्तकभित्र लेखकको निजी अनुभव छन् । कतिपय जनताका संवैधानिक अधिकारभित्रका कुराहरू पनि छन् । कुनै पनि व्यक्तिले आफूm कुन क्षेत्रमा लाग्ने ? करियर केमा बनाउने हो ? त्यसैअनुसार उक्त क्षेत्रको पुस्तक तथा पाठ्यसामग्री पढ्नुपर्ने सुझाव छन् । चर्चामा आएका सबै पुस्तक उपयोगी नहुने हुँदा पत्रपत्रिकाको समीक्षा, लाइब्रेरियन वा पुस्तकालयका अध्यक्षको सहयोगमा राम्रा पुस्तकको खोजी गर्न सकिने उनको धारणा छ । साहित्यिक पुस्तक किन पढ्ने ? यस सन्दर्भमा समाज बुझ्न, संस्कृति थाहा पाउन, आफ्नो भाषा चिन्तनलाई परिष्कृत गर्न, कुनै देशको अवस्था थाहा पाउन, इतिहास बुझ्न साहित्य पढ्नुपर्ने सुझाव दिएका छन् । जस्तै ः रुसको बारेमा बुझ्न अन्ना केरेनिना पढ्ने, गेटेको फाउस्तले साहित्यकारको राजनीतिमा प्रभाव बुझ्न सजिलो पर्छ । मार्क्स, एंगेल्स, लेनिन र माओत्सेतुङ पढ्दा राजनैतिक उद्देश्य र भविष्यको स्पष्ट चित्र दिन सघाउँछ ।
पुस्तकले दिने सन्देश 
पुस्तकमा प्रगतिशील साहित्यमा रुचि राख्ने लेखक तथा पाठकका लागि प्रगतिशील साहित्य र यसका गतिविधि बुझ्न सजिलो गरी लेखिएको छ । अत्यन्त सरल र मिहिन तरिकाले विषयवस्तु प्रस्तुत गरिएको छ । पाठकले खोजेका र पढ्न चाहेका विषयवस्तु कसरी पहिचान गर्ने र त्यसलाई लेखनमार्फत कसरी प्रकाशमा ल्याउने ? राजनीति र साहित्यको सम्बन्ध, लेखकको पहिचान र व्यवस्थित अध्ययन जस्ता महत्त्वपूर्ण विषयको खोजी गरेर प्रकाशमा ल्याइएको छ । राजनीतिबाट साहित्य अलग हुँदैन भन्ने उदाहरण लेखकले यसरी राखेका छन्—कुनै पनि युग, समाज, वर्ग, र राजनीतिबाट जोडिएका सबै समयका लेखक, कवि, कलाकार लोकप्रिय थिए, तिनीहरू अमर भए किनभने तिनीहरू राजनीतिबाट प्रभावित थिए । व्यवस्थित अध्ययनका लागि सुझाव दिँदै अन्त्यमा पढ्नै पर्ने पुस्तकका सूची पनि दिइएको छ । साहित्य लेखक, पाठक तथा मार्क्सवाद लगायतका दर्शनमा रुचि राख्नेका लागि यस पुस्तकबाट धेरै सहयोग मिल्नेछ ।  पुस्तकभित्र समेटिएका सामग्री जोकोहीका लागि महत्त्वपूर्ण हुनेछन् ।
सारमा
प्रगतिशील साहित्यउपर गरिने छलफल, आत्मालोचना, समालोचना, समीक्षा, टिप्पणी आदिले  जनताको साहित्य लेखनमा प्रेरित गर्छ । स्रष्टाको सम्मान र मूल्याङ्कन आवश्यक छ । वास्तवमा विकृति विसङ्गति र गलत संस्कृतिको विरोध, श्रमिक वर्गको हित र राष्ट्रियताको पक्षमा वकालत सच्चा लेखन हो । लिखित तथा श्रव्य दृश्य सामग्रीबाट पर्ने आलोचनात्मक दृष्टि, व्युरोक्रेसी र टेक्नोक्रेसीबाट प्रभावित निजी धारणा आएका छन् । पुस्तकमा लेखकहरूलाई साहित्यमार्फत हत्या, हिंसा र द्वन्द्वलाई मध्यनजर गर्दै स्वस्थ आलोचनात्मक दृष्टि राख्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...