health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको क्रिस्चियन धर्मसम्बन्धी अभिव्यक्तिलाई विखण्डनकारीलाई बल पुर्याउने बताएको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० पुस ६ गते शुक्रवार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो टिप्पणी गरेको हो ।
वक्तव्यमा “क्रिस्चियन धर्म नमान्नेहरू संविधान नमान्ने हुन्” भन्दै दिइएको मन्त्री किराँतीको अभिव्यक्तिले विखण्डनको उद्देश्य पूरा गर्न चाहने शक्तिलाई बल पुर्याउने धारणा व्यक्त गर्ने बताउँदै त्यस्तो आग्रह गरिएको छ ।
धर्मनिरपेक्षता र साम्प्रदायिक सद्भावमा खलल नपुर्याउन आग्रह गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“क्रिस्चियन धर्म नमान्नेहरू संविधान नमान्ने हुन्, तिनलाई जेल कोचौँ” भनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले कडा शब्दमा निन्दा तथा भर्त्सना गर्दछ ।
नेपाल एउटा बहु धर्म, बहु भाषा, बहु संस्कृति भएको मुलुक हो । हाम्रो संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ । कुनै धर्मको पक्ष लिएर अन्य धर्मप्रति विद्वेष फैलाउने कुरा सामाजिक सद्भाव बिथोल्ने कुरा हो । मन्त्री जस्तो जिम्मेवार व्यक्तिले साम्प्रदायिक सद्भाव बिथोल्ने गरी दिएको अभिव्यक्ति न संविधानसम्मत छ, न त मुलुकको सामाजिक सद्भावलाई अक्षुण्ण राख्ने खालको छ । त्यसैले जिम्मेवार पदमा भएका व्यक्तिले यस प्रकारका अभिव्यक्ति दिएर विखण्डनको उद्देश्य पूरा गर्न चाहने शक्तिलाई बल नपुर्याउन जोड दिन चाहन्छौँ ।”