Gyaan Ghar

Advertisement

भारतमा अब फर्जी सिम किन्नेलाई ३ वर्ष जेल सजाय र ८० लाखसम्म जरिवाना

नयाँ दिल्ली, ५ पुस । भारत सरकारले देशमा नक्कली सिम कार्डमार्फत हुने ठगीलगायतका अपराधमा कारबाही गर्न लागेको छ  ।

 

दूरसञ्चार विधेयक २०२३ संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयकमा नक्कली सिम किन्नेलाई ३ वर्ष कैद र ८० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । राष्ट्रपतिले उक्त विधेयकमा हस्ताक्षर गरेपछि ऐन बन्नेछ ।

 

नयाँ दूरसञ्चार विधेयक २०२३ गत बुधवार लोकसभामा पारित भएको थियो भने आज राज्यसभामा पनि यसलाई हरियो सङ्केत मिलेको छ । यस विधेयकले सरकारले राष्ट्रिय सुरक्षा कारणले कुनै पनि दूरसञ्चार सेवा वा नेटवर्कलाई नियन्त्रणमा लिन, व्यवस्थापन गर्न वा निलम्बन गर्न अनुमति दिनेछ ।

 

सार्वजनिक सुरक्षाको लागि आवश्यक परेमा सरकारले टेलिकम नेटवर्कमा सन्देशहरू रोक्न सक्षम हुनेछ। यससँगै नक्कली सिम किन्नेलाई ३ वर्ष जेल र ५० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

 

नयाँ दूरसञ्चार विधेयकले १३८ वर्ष पुरानो भारतीय टेलिग्राफ ऐनलाई प्रतिस्थापन गर्नेछ। भारतीय टेलिग्राफ ऐनले हाल टेलिकम क्षेत्रलाई नियन्त्रण गर्छ। यो बिलले भारतीय वायरलेस टेलिग्राफ एक्ट १९९३ र टेलिग्राफ वायर्स एक्ट १९५० लाई पनि प्रतिस्थापन गर्नेछ। साथै, यो विधेयकले ट्राई ऐन १९९७ लाई पनि परिमार्जन गर्नेछ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...