health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

खड्क सुनार , न्युज कारखाना
दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले आर्थिक वर्ष ०७८।०७९ को विज्ञापनमा कर्णाली प्रदेश लोक सेवा आयोगको प्राविधिक तह अनमि पदमा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ भइन ।
अनमीका रूपमा गत वर्षको माघ २४ गते खनाया स्वास्थ्य चौकीमा हाजिर भए पछि हाजिर भएकै दिनबाट तुल्सा स्वास्थ्य चौकी इन्चार्जको घरमा कोठा लिएर बस्न थालिन ।
खनायाका स्थानीयलाई आफ्नो दक्षताले भ्याए सम्म सेवा गरेकी तुलसीले झन्डै एक वर्ष पछि जात सोधेर आफूलाई घरबाट निकाली दिएको अहिले तुलसाले बताउन थालेकी छिन । स्वास्थ्य चौकीमा कार्यरत भएपछि डेरा दिएका खनाया स्वास्थ्य कार्यालयका इन्चार्ज सुरजकुमार शाहीको परिवारले नै दलित भएको भन्दै डेराबाट निकालेको तुलसीको भनाइले स्पष्ट पारेको छ ।
उनका अनुसार सुरजका परिवारले बसेको एघार महिनापछि तुलसी दलित भएको थाहा भएको भन्दै घर छोड्न दबाब दिइरहेका छन् । कोठाबाट निकालिएपछि तुल्सा अप्ठेरोमा परिन र शरण खोज्दै स्वास्थ्य चौकी भवनमा पुगिन । सो क्रममा इन्चार्ज सुरजकुमार शाहीले आफूलाई स्वास्थ्य चौकीमा बस्न नदिएको तुल्साकाे भनाइ छ । तर शाही भने आफूले जातीय विभेद नगरेको दाबी गरेका छन् ।
तुलसीले खनायामा जातीय विभेद मात्रै नभएर गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाएकी छिन् । शिक्षा शाखा प्रमुख वीरेन्द्र बहादुर मल्लले राति राति फोन गर्दै कहाँ भेट्न आउँछु भन्ने जस्ता कार्य गरिररहेकाे उनको भनाइ छ ।
उता, गाउँ पुगेको केही समयमै आफू असुरक्षित रहेको बुझे पनि जागिर भएकाले केही समय सहेको तर शारीरिक तथा मानसिक यातना देखि सामाजिक विभेदले सीमा नाघेपछि परिवारलाई सुनाएको तुलसीले जनाइन ।
अहिले तुलसी सदरमुकाम गमगढी बजारमा रहेकी छन् । जिल्ला प्रहरी कार्यालय मुगुले भने अहिलेसम्म तुलसीले उजुरी नदिएकाले अनुसन्धान नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले पीडितको निवेदन दर्ता भएसँगै कानुनी प्रक्रिया अघि बढ्ने बताएका छन् ।
सामाजिक सञ्जालमा स्वास्थ्यकर्मी विकले छोएको औषधि गाउँलेले खाएनन् भनेर हल्ला फैलिएको थियो । प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले तुल्साले जातीय विभेद भोग्नु परेको घटना साँचो भएको र उजुरी परे कारबाही अगाडी बढाउने बताएका छन् ।
दलित अधिकारको क्षेत्रमा काम गर्दै आएकाहरूले तुल्सालाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज र उनको परिवारलाई कानुनी दायरामा ल्याउनु पर्ने बताएका छन् ।