Gyaan Ghar

Advertisement

डाक्टर विथ सर्वाइभर कार्यक्रम सम्पन्न

काठमाडौँ, पौष ४ गते । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको आयोजनामा डाक्टर विथ सर्भाइभर्स कार्यक्रम सम्पन्न भएको छ । पौष ४ गतेका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीको उपस्थिति रहेको थियो ।

मेटलाइफ इन्सोरेन्सले स्पन्सर गरेको सो कार्यक्रममा क्यान्सरसँग सङ्घर्ष गरिरहेका ३२ जना सर्भाइभर्सहरुको उपस्थिति रहेको थियो । सोसाइटीकी अध्यक्ष प्रमिता खनालका अनुसार कार्यक्रममा स्तन, पाठेघर, रगत, आँखा, थाइराइड, कोलोन क्यान्सरका बिरामीहरूको उपस्थिति रहेको थियो । भिन्दा भिन्दै क्यान्सर समूहहरूको समूह छलफल गरिसकेपछि सबै समूहसँग डाक्टर शाहीले विभिन्न जिज्ञासाहरूको समाधान गरेको अध्यक्ष खनालले ज्ञानघरलाई बताइन । २ घण्टाको लागि कार्यक्रम निर्धारित भए पनि सर्भाइभर्सहरु एकदमै उत्साहित हुँदा ४ घण्टासम्म सो कार्यक्रम चलेको थियो ।
संस्थाकी अध्यक्ष प्रमिता खनालले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष पूजा कुँवरले धन्यवाद मन्तव्य राखेकी थिइन । कार्यक्रममा बिनु के.सी., सुस्मीता पोख्रेल र कस्तुरी भुसालको  सहयोगी भूमिका रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

राजनीति

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

काठमाडौँ, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरोकारवाला हरुले चिन्...
संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

काठमाडौँ -  प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले न...
समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।...
विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् ।   वैज्ञानिकहरूले दुई वटा...