health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

बर्दिबास १ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन् । आइतबार दिउँसो जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री प्रचण्डले एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा गरेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा पर्दै आएका छन्। तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ। हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ।’
।
सम्बोधनको पूर्ण पाठ
सर्वप्रथम, महोत्तरी जिल्लाको यस रमणीय स्थान गौरीडाँडामा अवस्थित श्री जनता माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको भव्य सफलताको शुभकामना व्यक्त गर्दै सम्पूर्ण विद्यालय परिवारमा हार्दिक बधाई ज्ञापन गर्दछु।
समुदायको आफ्नै पहल, लगानी र संरक्षकत्वमा स्थापित यस विद्यालयले आफ्नो जीवनको आधा शताब्दीको शैक्षिक यात्रा पूरा गरेको छ। समुदायका श्रमजीवी वर्गदेखि मध्यम वर्गसम्मका हजारौँ विद्यार्थीले यस विद्यालयबाट शिक्षा हासिल गरेर समाजका विविध पेसा र सेवा क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको जानकारी पाएको छु। समुदाय र अभिभावकको जागरूकता, विद्यालय व्यवस्थापन समितिको प्रभावकारी नेतृत्व र शिक्षकहरूको कर्तव्यनिष्ठता विद्यालय निरन्तर प्रगतिको बाटोमा अगाडि बढिरहेको छ।
‘समुदायको अगुवाइमा वृहत् सामुदायिक विद्यालय’को सोचसहित अगाडि बढिरहेको यस विद्यालय देशका अरू सामुदायिक विद्यालयभन्दा यस अर्थमा फरक छ कि यस विद्यालयले प्रगतिशील सोचसहित सामाजिक रूपान्तरणको यात्रामा समेत विद्यार्थी, अभिभावक र सिङ्गो समुदायलाई नै दीक्षित र नेतृत्व गरिरहेको छ। यस सन्दर्भमा आगामी दिनमा समेत विद्यालयले आफ्नो दूर दृष्टि, लक्ष्य र उद्देश्य प्राप्तिमा निरन्तर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दछु।
अभिभावकहरूको सहभागिता, शिक्षकहरूको सहजीकरण, स्थानीय सरकारको सहयोग र विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा ‘शिक्षा सम्मेलन २०८०’ सम्पन्न भएको मैले जानकारी पाएको छु। यसै पनि म यस विद्यालयमा यसअघि पनि विभिन्न कार्यक्रमहरू सहभागी हुँदै आएकोले विद्यालयको मूलभूत स्थितिबारे जानकारी नै छ। तपाईँहरूले यस विद्यालयलाई एक्काइसौँ शताब्दीको विश्वव्यापी प्रतिस्पर्धा एवं युगसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले ‘वृहत् सामुदायिक विद्यालय’ को मोडेलमा नमुना विद्यालयलाई अझ परिष्कृत गर्दै लैजाने दस वर्षे रणनीतिसमेत तयार पारेकोसमेत मलाई जानकारी छ। मलाई विश्वास छ– उक्त रणनीतिमा आधारित रहेर देशभक्तिपूर्ण भावनाले ओतप्रोत, आत्मनिर्भर, स्वरोजगार मुखी प्राविधिक शिक्षामा यहाँहरूले अपेक्षित सफलता हासिल गर्नुहुनेछ। यसका निम्ति तपाईँहरूलाई अग्रिम बधाई भन्न चाहन्छु।
एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा पर्दै आएका छन्। तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ। शिक्षा आर्जन गर्नुको अर्थ आफ्नो व्यक्तिगत जीवनको सफलताको एउटा महत्त्वपूर्ण आयाम त हो नै, तर त्यो मात्रै सम्पूर्ण चीजचाहिँ होइन। आजको एक विद्यार्थी भोलिको देशको कर्णधार, नीति निर्माता र कार्यान्वयनकर्ता पनि हो। तसर्थ, हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ। नेपालको सन्दर्भमा हामी सबैका निम्ति यो विषय एउटा सकारात्मक चुनौतीका रूपमा खडा भएको छ। जनता माध्यमिक विद्यालयको “समुदायमा आधारित नमुना विद्यालय”को सोचले यस राष्ट्रिय कार्यभारमा समेत सिङ्गो देशलाई नमुना प्रस्तुत गर्नेछ भन्ने मैले विश्वास लिएको छु।
नेपालको संविधानको धारा ३१ मा “प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ” भनी आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ। त्यस्तै संविधानको धारा ४७ मा संविधान प्रदत्त मौलिक हकहरूको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले यो संविधान प्रारम्भ भएको ३ वर्षभित्र कानुनी व्यवस्था गर्नेछ” भन्ने बाध्यात्मक व्यवस्था गरिएको छ।
तसर्थ, सङ्घीय लोकतान्त्रिक प्रणाली, हाम्रो संविधानको व्यवस्था र नवीनतम परिस्थितिलाई समेत मध्यनजर गर्दै शिक्षामा गुणात्मक रूपान्तरण गर्नु देशको महत्त्वपूर्ण कार्यभार हो। यही यथार्थलाई आत्मसात् गर्दै मेरो नेतृत्वको सरकारले माध्यमिक शिक्षा विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरिसकेको छ। जनता, अभिभावक र सरोकारवाला निकाय एवं पक्षले उठाएका जायज र न्यायपूर्ण माग र मुद्दाहरूलाई सम्बोधन गर्दै उक्त विधेयकलाई सांसदबाट पारित गराई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध छ। सरकारको यस इमानदार प्रयासमा सिङ्गो देशको सकारात्मक र रचनात्मक सहयोग, सहकार्य र ऐक्यबद्धता रहनेसमेत विश्वास व्यक्त गर्दछु।
विद्यालयको स्थापना, अविच्छिन्न सञ्चालन र विकास एवं नमुना विद्यालयका रूपमा स्तरोन्नति गर्न संस्थापकहरू, यस क्षेत्रका जनसमुदायहरू, बौद्धिक व्यक्तित्वहरूले महत्त्वपूर्ण योगदान गर्नुभएको छ। यस सन्दर्भमा म उहाँहरूप्रति सम्मान एवं बधाई ज्ञापन गर्दछु। साथै स्वर्ण जयन्तीका सन्दर्भमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने महानुभावहरू र विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गरी सम्मानित र पुरस्कृत हुनुहुने सम्पूर्णमा हार्दिक बधाई ज्ञापन गर्दछु।
अन्त्यमा, जनता माध्यमिक विद्यालयले आफ्नो निर्धारित लक्ष्य प्राप्तिमा पूर्ण सफलता प्राप्त गर्ने विश्वासका साथ फेरि एक पटक स्वर्ण जयन्तीको भव्य सफलताको शुभकामनासहित बिदा हुन्छु। धन्यवाद।