Gyaan Ghar

Advertisement

भाषिक संरक्षण कि विलोपीकरण?

* डा.मधुसुदन गिरी
हिजोको मध्य पश्चिमाञ्चल साहित्य परिषद्को ७ औँ साधारण सभामा भाषा शास्त्री चूडामणि बन्धुको परिचय दिँदा उठाएको कुरा :
बाइबल अनुवाद गरेर विश्वभर क्रिश्चियनिटी फैलाउने उद्देश्यले सन् १९३४ मा स्थापना भएको र हाल U S को Texas मा मुख्य कार्यालय र विश्वभर शाखा सञ्जाल फैलाएको SIL International नामको संस्था छ। त्यसले आफ्नो उक्त मूल उद्देश्य पूरा गर्ने माध्यम भाषालाई ठानेको र भाषाका क्षेत्रबाट प्रवेश गरेको देखिन्छ। त्यसले भाषाका क्षेत्रमा अरूलाई देखाउने उद्देश्य भाषिक अनुसन्धान,भाषिक साक्षरतामा स्तरोन्नति र भाषिक संरक्षण भन्ने बनाएको छ। हात्तीका देखाउने दाँतजस्तो यो उसको बाहिर देखाउने उद्देश्य हो । भित्री उद्देश्य पूरा गर्न उसले दुइटा बाटा अपनाएको देखिन्छ:( १) अरूका भाषामै बाइबल अनुवाद गराउने,(२) अरूका भाषा संरक्षणका नाममा भाषा छुट्टाउने आधार बनाएर अरूका भाषा टुक्र्याएर कमजोर पार्ने र क्रमशः समाप्त पार्ने र विश्वभर आफ्नो भाषिक उपनिवेशमार्फत धार्मिक उपनिवेश फैलाउने। आफ्नो भाषालाई भने उनीहरू टुक्र्याउँदैनन् ,बरु अमेरिकन इङ्लिस,ब्रिटिस इङ्लिस,फ्रेन्च इङ्लिस आदि भन्दै विश्वभरका अङ्ग्रेजीलाई एउटै छातामुनि राखेर बलियो बनाई विश्वभर आफ्नो भाषिक साम्राज्य फैलाउँछन् तर सकेसम्म हाम्रा सबै भाषालाई टुक्र्याउँछन्।यो कार्यको सुरुवात उनीहरूले यहाँ नेपाली भाषाबाट सुरु गरेका छन्।यसैले जनगणनामा नेपालीको प्रतिशत घट्दै गएको छ।हाम्रा क्षेत्र र स्थानका मित्रहरूले यो अन्तर्राष्ट्रिय राजनीति बुझ्नु भएको छैन वा… । वा आफ्नो अलग भाषा बनाएमा ठुलो भाग पाइन्छ,अलग पहिचान कायम हुन्छ भन्ठान्नु भएको छ। यसैले आज सुदूरपश्चिम प्रदेशमा डोटेली अलग भाषा भएको छ, बैतडीले, डडेलधुरेली,अछामी अलग। २०७८ को जनगणनामा सुदूरपश्चिम प्रदेशमा डोटेली भाषा एक नम्बर भाषामा पारिएको छ( वक्ता:७७७०००) र नेपाली २ नम्बरमा अर्थात् वक्ता ७७००००। २०५८ को जनगणनापछि अन्तिम निष्कर्ष निकाल्दा भाषिक सल्लाहका निम्ति भाषा शास्त्री प्रा. डा . चूडामणि बन्धुलाई बोलाइयो। उहाँले हाम्रा भाषिकालाई अलग भाषा मान्न तयार नभएपछि २०६८ र २०७८ मा उहाँलाई बोलाइएन । म त भन्छु हामी पश्चिमाहरूले जस्तो एउटै छातामुनि डोटेली नेपाली,बैतडीले नेपाली, डडेलदुरेली नेपाली,अछामी नेपाली भन्न छोडेर किन टुक्र्याउन / टुक्रिनतिर लाग्यौँ?
SIL International ले हाम्रा भाषा छुट्टाउन भाषिक बोध गम्यता,प्रशस्त साहित्य लेखिएको,शब्दकोश,व्याकरण लेखिएको आदि मापदण्ड बनाइदिएको छ र हाम्रा विद्यावारिधिका विद्यार्थीहरू कुनै स्थानीय भाषिक भेदबाट १०० वटा शब्द लिन्छन् आधारभूत शब्द भन्छन्,व्याख्या विश्लेषण गर्छन् अलग भाषा प्रमाणित गर्छन् । त्यो भेदलाई अलग भाषाको मान्यता दिने आधार बनाउँछन् र PHD प्राप्त गर्छन्। यसैले हाम्रा भाषा फुटालेर २०७८ को जनगणना १३० पुर्‍याइएको छ जुन गणनाको काम हाम्रोमा तथ्याङ्क विभागले गर्छ भने उता SIL को कामलाई Ethnologue नामक भाषिक इन्साइक्लोपीडिक कार्यले प्रकाशन गरी मद्दत गर्छ जसको २५ औँ संस्करणले विश्वका जीवित भाषाको सङ्ख्या ७१५१ पुर्‍याएको छ । यसैले आज नेपालीलाई टुक्र्याउने कसरत भइरहेछ भने भोलि बलिया हुँदै गए भने हाम्रा भोजपुरी,मैथिली,थारु,राई(२६),नेपाल भाषा आदि भाषालाई टुक्र्याउने निश्चित छ। के गर्ने मजस्तो उसका विरुद्ध आवाज उठाउनेलाई त उसले केही नबुझेको अर्थात् भाषिक साक्षरता नै नभएको भित्र राख्दछ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...