Gyaan Ghar

Advertisement

भर्चुअल कवि गोष्ठी सम्पन्न

मोरङ ।  बेलबारी साहित्य विकास समितिको ५८ओैँ शृङ्खला,  भर्चुअल कवि गोष्ठीको रूपमा मङ्सिर २९ गते सम्पन्न भयो । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो ।
 शृङ्खलाका प्रमुख अतिथि धमलाले अहिले नेपाली समाजमा व्याप्त रहेको भ्रष्टाचार,पश्चगामी चिन्तन र सांस्कृतिक विद्रुपीकरणका विरुद्ध कविले प्रतिरोधात्मक कविता लेख्न सक्नुपर्ने बताउनुभयो । नारा लेखेर मात्र कवि हुन सकिँदैन, कवि हुन कवितामा कला र विचारको सुललित हुनुपर्छ भन्ने धारणा राख्नुभएको थियो । यस शृङ्खलाका अतिथि कविहरूमा मुक्ति पोखरेल ,दुर्गाप्रसाद सिग्देल ,शकुन्तला मञ्जरी,शारदा कार्की,बिनु बाबा कार्की ,टीका मिलन घिमिरे ,निर्मला बराल,विष्णु भण्डारी आचार्य ,गङ्गा पौडेल ,रश्मि रिमाल र उत्तम भेटवालले आआफ्नो कविता वाचन गर्नुभएको थियो । कवि गोष्ठीको सञ्चालन तथा अध्यक्षता बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकालीले गर्नुभएको थियो । यस क्रममा उहाँले आफ्नो गजल वाचनसहित भर्चुअल कवि गोष्ठीको समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...