Gyaan Ghar

Advertisement

फेसबुकबाट ४ मिलियन डलर चोरी भएको खुलासा, पक्राउ परिन महिला कामदार

 

न्युयाेर्क, १ पुस । फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौँ डलर ठगी गरेको भेटिएको छ ।

 

वास्तवमा, कम्पनीले फेसबुकका एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो । कर्मचारीले विलासितामा यति ठुलो रकम खर्च गरे कि उनी क्यालिफोर्निया र जर्जिया गएर पैसा भव्य उडाउने काम गरेको खुलेको छ ।

अमेरिकामा बार्बरा फार्लो स्माइल्स नामकी महिला सामाजिक सञ्जाल फेसबुकमा काम गर्थिन । अमेरिकी अधिवक्ताको कार्यालयका अनुसार ती महिला कम्पनीमा प्रमुख रणनीतिकारको रूपमा काम गरिरहेकी थिइन् । उनले सन् २०१७ देखि २०२१ सम्म कम्पनीमा काम गरेकी थिइन् । तर, यसबिचमा उनले पैसा लुट्ने अनौठो तरिका अपनाउन सुरु गरिन् ।

 

जसमा उसले ठगी बिक्रेता, नक्कली शुल्क र नगद किक ब्याक आदि योजनामार्फत पैसा चोर्न सुरु गरिने । उनले कम्पनीको लागि झूटा बिलहरू बनाइन र कम्पनीले कहिल्यै नपाएको सेवाहरूको लागि पैसा लुट्ने काम गरिन् ।

 

प्रेस विज्ञप्तिमा भनिएको छ कि,  ‘बारबराले विलासी जीवन बिताउन आफ्नो फेसबुक एक्सपेन्स खाता प्रयोग गरेकी थिइन्। उनले यो पैसा क्यालिफोर्निया र जर्जियामा गएर खर्च गरिन । उनले कपाल स्टाइल, बेबी सिटर र प्रि–स्कुल ट्युसन सहित व्यक्तिगत खर्चको लागि कम्पनी कोषको रकम प्रयोग गरिन ।

 

फेसबुकमा अनुसार बारबराले कम्पनीको क्रेडिट कार्डलाई पे पल, भेन्मो जस्ता डिजिटल पेमेन्ट एपसँग लिङ्क गरेको थिइन । त्यसपछि उनले कार्डमा लागू नहुने सेवाहरू प्रयोग गरिन्।

 

महिलाले आफ्ना साथी, आफन्त आदिलाई पनि योजनाको हिस्सा बनाएकी थिइन् । अन्वेषकहरूले भने कि ती महिलाले गलत खर्च रिपोर्ट तयार गरेका थिइन। त्यसपछि व्यापारीहरूले उनलाई नगद भुक्तानी गरे। जसअनुसार ती महिलाले फेसबुकबाट ४ मिलियन डलर भन्दा बढी चोर्न सफल।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...