health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

माओको जन्म २६ डिसेम्बर, १८९३ मा शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टीमा भएको थियो भने मृत्यु बेइजिङमा ९ सेप्टेम्बर १९७६ मा भएको हो । उनी चिनियाँ क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् । मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओ विचारधारको नामले जानिन्छ ।
कमरेड माओको आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक एवं सांस्कृतिक विकास तथा पिछडिएको देशलाई संसारको प्रमुख शक्तिको रूपमा खडा गराउन गतिलो भूमिका निभाउन सम्भव भएको हो । उनी कवि, दार्शनिक, दूरदर्शी महान् प्रशासकको रूपमा मानिन्छन् । माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमा गनिन्छन् र टाइम मेगजिन पत्रिका अनुसार २० औँ शताब्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरूमा माओ पर्छन् ।
प्रारम्भिक जीवन :
जिन्हाई क्रान्तिको बेला माओ हुनानको स्थानीय रेजिमेन्टमा भर्ती भई क्रान्तिकारीहरूको तर्फबाट लडाइमा भाग लिए, जब कुइङ् राजवंश सत्ता च्युत भयो । त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गए । सन् १९१८ मा स्नातक बनेपछि सन् १९१९को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविओष्यका ससुरा प्राध्यापक याङ् च्याङ् जि सित बेइजिङको यात्रामा गए । प्राध्यापक याङ् च्याङ् जि पेकिङ विश्वविद्यालयमा महत्त्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरे । माओले अंशकालीन छात्रमा पञ्जीकृत भई केही मात्रामा व्याख्यान र विद्वानहरूको सेमिनारहरूमा भाग लिए । साङ्घाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए ।
लुओ यिक्सिनोसित विवाहित (बाबुले गराई दिएको विवाह जसलाई माओले कहिल्यै स्विकारेनन्)) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसित बिहे गरे । अक्टोबर १९३० मा, कुओमिन्टांग (KMT)ले यांग काइहुइ र उसको छोरा एनिंगलाई पक्राउ गर्यो । (KMT)ले दुवै जनालाई बन्दी बनायो, पछि गएर एनिंगलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भनेँ मारिदियो । त्यस बेला माओ उनकी सहकर्मी १७ बर्सिया केटी हि जिझेन्सित बस्थे । उनले फ्रान्समा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे ।
२३ जुलाई १९२१ का दिन, माओले, २७ वर्षको उमेरमा साङ्र्घाइमा चीनको कम्युनिस्ट पार्टीको राष्ट्रिय काँग्रेसमा भाग लिए । दुई वर्षपछि, उनी पार्टीको तेस्रो काँग्रेस अधिवेशनमा पाँच कामिसार मध्येमा एक प्रतिनिधिको रूपमा छानिए । सोही साल केन्द्रीय समितिको आदेशमा माओ हुनान् कुओमिन्टांग शाखा सञ्चालन गर्नका निम्ति हुनान् फिरे । सन् १९२४ मा, उनी कुओमिन्टांगको राष्ट्रिय अधिवेशनका प्रतिनिधि बने, जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिए ।
चीनको एउटा सामान्य ग्रामीण बस्तीमा जन्मेर चिनियाँ जनवादी क्रान्ति सम्पन्न गर्दै लेनिन र स्टालिनपछिको सिङ्गो विश्व कम्युनिस्ट आन्दोलनलाई नेतृत्व प्रदान गर्ने एक महान् क्रान्तिकारी नेता हुन् माओ । २६ डिसेम्बर, १८९३ मा जन्मेर चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाकाल (सन् १९२१) देखि चीकपाको नेतृत्वदायी स्थानमा रहेर आफ्नो जीवनपर्यन्त विश्व सर्वहारा वर्गको खातिर योगदान दिने काम माओले गरे । चीनमा कसरी क्रान्ति गर्ने ? चिनियाँ समाजमा क्रान्तिको बाटो के हुने ? जस्ता सवालमा बहस चल्दा माओले चिनियाँ धर्तीमा क्रान्तिको बाटो चिनियाँ समाजको विशिष्टतामा हुने दलिल पेस गरे । आखिरमा चिनियाँ क्रान्ति माओले संश्लेषण गरेको सिद्धान्त अनुरूप नै हुन पुग्यो ।
अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकमा क्रान्तिको न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति हुने र सङ्घर्षको कार्यक्रम दीर्घकालीन जनयुद्धको बाटो हुने कुरा माओले चीनमा नवीन सिद्धान्तको प्रक्षेपण गरे । तत्कालीन चीन जति वेला २० औँ शताब्दीमा थियो । चीन एकातिर पछौटे सामन्तवादी उत्पादन सम्बन्धमा आधारित मुलुक थियो भने अर्कोतिर दर्जनको हाराहारीमा साम्राज्यवादी शक्तिहरूको प्रत्यक्ष र परोक्ष उपनिवेशमा थियो । यस्तो मुलुकमा क्रान्तिको चरित्र नयाँ जनवादी हुने र आन्दोलनको रूप दीर्घकालीन जनयुद्ध हुने विचार माओले प्रतिपादन गर्नुभयो । जुन सिद्धान्तले विश्वभरिका क्रान्तिकारीहरूलाई एउटा नयाँ सार्वभौम विचार प्रदान ग¥यो ।
माओका मुख्य–मुख्य योगदानहरू :
मार्क्सवाद–लेनिनवादलाई चिनियाँ धर्तीमा प्रयोग गर्दा माओले नयाँ नयाँ मौलिक सिद्धान्तहरू प्रतिपादन गरेर मार्क्सवादी लेनिनवादी सिद्धान्तलाई समृद्ध गर्ने काम गरे । मार्क्सवादका तीन संघटक क्षेत्रहरू दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा नवीन विचार प्रक्षेपण गरेर माओले मार्क्सवाद र लेनिनवादलाई थप विकसित गर्ने काम गरे, माओ विचारधाराको विकास गरेर । दर्शनको क्षेत्रमा अन्तर्विरोधको विशिष्टता र सार्वभौमिकता, द्वन्द्ववादको प्रधान पक्षका रूपमा ‘एकमा दुई विभाजित हुन्छ’ भन्ने विचार माओले नै प्रक्षेपण गरेका हुन् । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा अर्धसामन्ती तथा अर्ध औपनिवेशिक मुलुकमा सामन्तवाद, दलाल तथा नोकरशाह पुँजीवादको आर्थिक चरित्रलाई नयाँ ढङ्गबाट विश्लेषण गर्ने काम माओबाट भयो । त्यही विश्लेषणको आधारमा नयाँ जनवादी क्रान्तिको सिद्धान्त माओले प्रतिपादन गरे । क्रान्तिपछि पनि ‘क्रान्तिलाई पक्र, उत्पादनलाई बढाउ’ भन्ने विचार पनि माओले ठोस गर्न पुगे ।
वैज्ञानिक समाजवादको क्षेत्रमा माओले धेरै मौलिक विचारहरू प्रक्षेपण गर्न पुगे । नयाँ जनवादी क्रान्तिको बाटो, दीर्घकालीन जनयुद्धको सिद्धान्तदेखि पछिल्ला दिनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तसम्म आउँदा माओले धेरै मौलिक विचार प्रतिपादन गर्न पुगे । वैज्ञानिक समाजवादको क्षेत्रमा माओले गरेका मौलिक विचारहरू नै माअाे विचारधाराका रूपमा संश्लेषित हुन पुग्यो । चीनजस्तो मुलुकमा क्रान्तिको बाटो के हुने ? क्रान्ति गर्ने कुरा मात्र होइन क्रान्तिपछि पुन प्रतिक्रान्ति रोक्न के के विधिहरू अवलम्बन गर्ने? यी सबै समस्याहरूको निदान माओले नयाँ जनवादी क्रान्तिको सिद्धान्तको प्रतिपादनसम्म आउँदा माओका धेरै मुख्य योगदानहरू देखा पर्न आउँछन् । यी मौलिक सिद्धान्तहरूकै आधारमा माओबिचारधाराको रूपमा विकसित हुन पुग्यो ।
२० औँ र २१ औ शताब्दीमा माओ :
बिसौँ शताब्दीको मध्य भाग (सन् १९४९) मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर माओले लेनिन र स्टालिनको सहकर्मी रूपमा विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट लैजान महत्त्वपूर्ण भूमिका निर्वाह गरे । अझ ठुलो जिम्मेवारी त लेनिन र स्टालिनको निधनपछि सिङ्गो विश्व कम्युनिस्ट आन्दोलनको शिविरलाई नेतृत्व प्रदान गर्ने काम माओले गरे । स्टालिन (सन् १०७६) को निधनपछि रुसमा खुश्चेबले संशोधनवादी बाटो पकडेपछि त्यसका विरुद्ध माओले अनवरत वैचारिक सङ्घर्ष सञ्चालन गरिरहे ।
(नेपाली एकताबाट साभार)