Gyaan Ghar

Home

Advertisement

धर्म र भौतिकवादबिच प्रतिपक्षता

  • राजन तिमल्सिना
धार्मिक अन्धविश्वासको पर्दाले मानव चेतनालाई बन्ध्याकरण गर्दछ । मिथ्या तर्कको सहाराद्वारा जीवन र जगतका आम नियमहरूमाथि धावा बोल्नु यसको मूल विशेषता हो । जन्म-पूर्वजन्म, पाप-धर्म, स्वर्ग-नर्क, छूत-अछुत, आत्मा-परमात्मा जस्ता काल्पनिक तर्कको सहारा लिई वैज्ञानिक प्रगतिलाई नकार्दछ । अन्धविश्वास र रुढीवादको जगमा उभिई मानव जातिलाई परनिर्भर, मगन्ते, ढोगी, पाखण्डी र दास बनाउने कार्यका साथै जङ्गली युगतर्फ डोर्‍याउनु यसको मुख्य ध्येय हुन्छ ।
मूलतः धर्मको पक्षपोषण गर्नु भनेको सामन्तवाद र पुँजीवादको सेवा गर्नु हो । साथै, अलौकिक, मिथ्या, काल्पनिक र मनगणन्ते तर्कको सहारा लिँदै प्रगति पथलाई निषेध गर्नु हो । उच्चो-निचो, सानो-ठुलो, छूत-अछुत, धनी-गरिब, भाग्यमानी -अभागी जस्ता भेदभावपूर्ण कुराको आड भरोसा लिई आज्ञापालक दासहरू जन्माउनु यसको प्रमुख लक्ष्य हो । यसले मानिस-मानिसबीचमा ठुलो विभेद खडा गर्दै मानिस भन्दा कुकुरलाई पवित्र मानी कुकुरलाई घरभित्र र मानिसलाई घर बाहिर राख्न बाध्य पर्दछ । साथै, कुनै ढुङ्गालाई देवता मान्दछ भने कुनै ढुङ्गालाई चर्पी मान्दछ ।
धर्मले नयाँ खोज अनुसन्धानलाई निषेध गर्दै पुरानै मिथकको आधारमा पुरानै कथा दोहर्‍याएर नयाँ चीजको अविस्कारको ढोका बन्द गर्छ । आदिम समाजको कपोलकल्पित एवं काल्पनिक मिथकको आधारमा भौतिक जगत्, मानव समाज र विज्ञानका वस्तुगत नियम नबुझी केवल धर्मको मात्रै आड भरोसा लिनु अज्ञानताको पराकाष्ठा हो । दान दक्षिणा ईश्वरले गरेर पाउने होइनन्, पुजारी र भ्रष्टाचारी मोटाउँछन् । श्रम र उद्मशिदता गर्नु भन्दा धर्मको नाममा ठगी खाने सबैभन्दा सजिलो व्यवसाय नै धर्म हो । धार्मिक अन्धता र दुर्व्यसनीमा नफसौँ, सभ्य र नैतिक बनौँ ।
धर्मशास्त्रले भनेजस्तो हुने भए विश्वमै नभएकी लक्ष्मी नेपाल/ भारतमा छिन्, किन मानिसहरू कङ्गाल छन् ? जहाँ लक्ष्मी नै छैनन् ती देश विश्वकै सबभन्दा धेरै किन सम्पन्न छन् ? पशुपतिनाथ, स्वयम्भू, राम जानकी मन्दिर, चर्च, मस्जिद, गिर्जाघरहरू लाखौँको सङ्ख्यामा छन्, तर देश र जनता विश्वकै गरिब छन् । यदि उनीहरूले दाबी गरेजस्तै भगवान्को प्रार्थना वा मूर्ति पुजेर धर्म प्राप्त हुने र मनोकाङ्क्षा पूरा हुने कोही पनि दुःखी गरिब हुने थिए । धर्म केवल आस्था र विश्वास मात्रै हो, यसमा कुनै सत्यता छैन ।
पृथ्वी र मानव जातिकै सृष्टि गरेको दाबी गर्ने ईश्वरले रेडियो, घडी, क्यामरा, कम्प्युटर, मोबाइल, फोन, मेशिन, इन्टरनेट, यातायातका साधन, जहाज, रकेट, उच्चस्तरीय यान लगायतको किन सृष्टि गर्न नसकेको ? मानिसको अशिक्षा, अज्ञानता, डर र त्रासले पैदा गरेको ईश्वर मानिस भन्दा कदापि ठुलो हुन सक्दैन । यदि उनीहरूले दाबी गरे जस्तो भइदिएको भए धर्मै पिच्छे धेरै वटा पृथ्वी हुने थिए र मानव जातिलाई सहज हुने थियो । यदि विज्ञानले कुटो कोदालो, ढिकी, जाँतो, मेशिनदेखि विभिन्न उच्चस्तरीय यन्त्रको विकास नगरेको भए मानव जीवन अत्यन्तै कष्टकर र अन्धकारमय हुने थियो । समाजलाई अन्धकारमा राखेर जनतामाथि नारकीय राज गर्न नै सामन्तवाद र पुँजीवादले धर्मको विकास, पक्षपोषण र संरक्षण गर्दै आएको हो ।
विश्वमा विभिन्न धर्महरू छन् – हिन्दु, बौद्ध, इस्लाम, इसाई, सिख, कन्फुसीयस, फारसी, यहुदी, शिन्तो, टाओ, जैन, रास्ताफासीयन, बहाई आदि । यी धर्मका व्याख्याताका रूपमा पुरोहित, पण्डित, पादरी, लामा, भिच्छु, पोप, मुल्ला,चिफ राबी, आयतोल्लाह, मुल्ला, भिक्षु, गुरु, सद्गुरु आदीले आ-आफ्नै तर्क गर्दछन्, जुन भौतिक जगत्, मानव समाज र विज्ञानका वस्तुगत मान्यता विपरीत छन् । यदि स्वर्ग र नर्क जाने टिकट यिनीहरूसँग भइदिएको भए सर्वप्रथम अरूलाई होइन उनीहरू आफै स्वर्ग जाने थिए । यिनीहरूले न स्वर्गको जनसङ्ख्या भन्न सक्छन् न नर्ककै जनसङ्ख्या भन्न सक्छ । न जीवन र जगतका वस्तुगत नियमहरूको निरूपण गर्न नै सक्छन् । सबै धर्मका व्याख्याताहरू अन्धविश्वास र रुढीवादले ग्रसित छन् ।
वैज्ञानिक सोचाइ, भौतिकवादी दर्शन, द्वन्द्ववादी प्रणाली र सर्वहारावादी दृष्टिकोण हुनेहरू मात्रै सच्चा कम्युनिस्ट हुन । आध्यात्मिक र अन्ध विश्वासी मानसिकता बोक्नेहरू कोही पनि कम्युनिस्ट हुन सक्दैन । वैज्ञानिक सोच, भौतिकवादी दर्शन, द्वन्द्ववादी प्रणाली र सर्वहारावादी दृष्टिकोण नभई कम्युनिस्ट हु भन्नू रूपान्तरण नभएका पशुपतिका बाँदर जस्तै हो । कुनै पनि धार्मिक र आध्यात्मिक कार्यमा भाग लिनु कम्युनिस्ट नैतिकता बाहिरको कुरा हो । रुढीवादको पर्खाल नभत्काई सभ्य र सृजनशील समाजको निर्माण गर्न सकिँदैन । मूलतः सभ्य नागरिक बन्नका लागि भौतिक जगत्, मानव समाज र वैज्ञानिक चेतना अनिवार्य सर्त हुन, यसबारे सही र गलतको उचित शल्यक्रिया गर्न नसक्ने कोही पनि कम्युनिस्ट हुन सक्दैन ।
करिब २५ सय वर्ष अघि जन्मेका दार्शनिक “लुसियस अन्नस सेनेका” ले भनेका थिए – ‘धर्मलाई सामान्य मानिसले पत्याउछ, शिक्षित र चेतना विकास भएको मानिसले बहिस्कार गर्छ, राजनीतिज्ञले उपयोग गर्छ ।” गौतम बुद्धका समकक्षी इटालीयान दार्शनिक ‘जुलियस अन्नस सेनेका’ को यो भनाई अहिले पनि त्यतिकै सान्दर्भिक र मननयोग्य छ । र, यी कुराले आज पनि त्यत्तिकै महत्त्व राख्दछ।

प्रतिक्रिया दिनुहोस

राजनीति

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

श्रावण ४, काठमाडौँ । ‘प्रकृतिको मानव सेवाको भूमिकाको आधारमा नै धर्मको विकास भएको’ प्रा.डा.बद्रिविशाल पोखरेलले बताए । प्रगतिशील ल...
बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

काठमाडौँ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलवारदेखि कम्...
बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

काठमाडौँ । आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बङ्गलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भ...
आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

काठमाडौँ । आज देखि महिला एसिया कप सुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एस...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search