काठमाडौँ, २६ मङ्सिर । अघिल्लो हप्ता आकासिएको सुनको मूल्य लगातार घटिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्वजनिक गरेको मूल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ ।
महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ । सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
गत हप्ताको अन्तिम शुक्रवारको तुलनामा आइतबार मात्रै एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबार गरेको थियो ।
सुनको मूल्य लगातार तेस्रो दिन गिरावट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम भएको ।