health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २६ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ननसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत सर्वेक्षण गर्ने भएका छन्। जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई जोडदारका साथ उठाउने बताए।
उनले नीति महाधिवेशनमा कुन-कुन विषय उठाउनु पर्ला भनेर प्रविधिको प्रयोग (गुगल फर्म)का माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव माग गरेका हुन्।
नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग समेत,आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिन आफूले गुगल फर्मको व्यवस्था गरेको बताए।
‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ। हामीले अधिकांश जनताको सुझाव लिनुपर्छ। पार्टीले नै यो काम गर्नुपर्यो। तर, ढिलो भैसककेकाले कसै कसैले त गर्नै पर्ने भयो। त्यसैले मैले यो व्यवस्था गरेको हुँ। म क्रियाशील सदस्य, शुभेच्छुक र जनताबाट प्राप्त सुझावलाई नै नीति महाधिवेशनमा उठाउने छु,’ उनले भने।
काँग्रेसका आठै तहबाट पनि आगामी गन्तव्य कस्तो बन्नुपर्छ भन्नेमा धारणा लिनुपर्छ भनेर आफूले केन्द्रीय कार्यालयमा माग-पत्र दर्ता गरेकोमा त्यस्तो हुन नसकेको उनको छ।
महरले विभिन्न १८ वटा सुझाव राख्दै गुगल फर्म सार्वजनिक गरेका हुन्। विद्यमान राजनीतिक व्यवस्थाप्रति भइरहेका नकारात्मक टिप्पणी तपाईँलाई कस्तो लाग्छ?, व्यवस्थाप्रति नै नकारात्मकता देखिनुको कारण के होला? लगायत उनले १८ वटा प्रश्नमा सुझाव माग गरेका छन्।
यसका साथै पार्टीभित्र अवसरको समान वितरण हुनुपर्ने महरले बताए। कसैले जहिले पनि अवसर पाउने र केही काम नगर्ने तथा कसैले अवसर नै नपाउने अवस्था आए नेताहरूप्रति जनतामा निराशा पैदा हुने उनको भनाइ छ।
केन्द्रीय सदस्य महरले काँग्रेस निर्वाचन जित्न मात्र चिन्ता गर्ने दल नभई जनताको समस्या सुन्ने दल बनाउन नेतृत्व सक्रिय हुनुपर्ने बताए।
‘नेपाली काँग्रेसलाई अब गठबन्धन बिनै २०८४ मा बहुमत ल्याउन सक्ने पार्टी बनाउनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ महर भन्छन्, ‘त्यसका लागि हामी जनतामाझ नै जाने हो। उहाँहरूका कुरा सुन्ने हो। जनअपेक्षा अनुसार काम गर्ने हो। त्यसपछि मात्र हामी बहुमत प्राप्त गर्न सक्छौँ।’
नेपालमा राजनीतिक दल पारदर्शी नभएको गुनासो नागरिकमा व्याप्त रहेको समयमा अब जनताका माझमा जानुपर्ने र उनीहरूकै अनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने महरको भनाइ छ।