Gyaan Ghar

Advertisement

टिकटकले सरकारलाई पठायो इमेल

२१ मंसिर,काठमाडौं ।  चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले इमेल पठाएको हो।

पत्रमा सचिव कृष्णबहादुर राउतको ध्यानाकर्षण गराइएको छ। टिकटकको इमेलमा सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका बनाएकोमा प्रशंसा गरेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए।

निर्देशिकाको प्रशंसा गर्दै लेखिएको पत्रमा यसबारे प्रस्ट पारिदिन उल्लेख समेत गरिएको छ। निर्देशिकाको केही अनुसूची र बुँदाबारे बुझाइदिन भनिए पनि मन्त्रालयले तत्काल इमेल नफर्काउने सुवेदीले बताए ।

अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जवाफ फर्काउन नमिल्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...