Gyaan Ghar

Advertisement

चलचित्र ‘११ः५५’ निर्माण घोषणा

२१ मंसिर,काठमाडौं । नेपाली चलचित्र ‘११ः५५’ घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘११ः५५’ घोषणा गरिएको हो । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको चलचित्र क्राइम, थ्रिलर विधामा निर्माण हुने बताइएको छ ।

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन् । विगत एक दशकदेखि चलचित्रलाई नजिकबाट हेरेर राम्रो दर्शक बनेका निर्देशक पाण्डेले बताए ।

‘म राम्रो दर्शक हुँ । विगत एक दशकदेखिको चलचित्रसम्बन्धी अनुभवलाई सङ्गालेर कथा तयार गरेको हुँ’, निर्देशक पाण्डेले भने,‘यो चलचित्रमा कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन् ।’

निर्देशक पाण्डेको चलचित्र सम्बन्धी स्वअध्यनले आफूलाई प्रभावित बनाएको लेखक तथा कलाकार एमएस अग्रजले बताए । उनले भने,‘हामी प्रवासमा एक साँझ भेटिदा चलचित्र सम्बन्धी भएको छलफलले आजको सहकार्य जुरेको हो । क्राइम, थ्रिलर र सस्पेन्स भएता पनि पनि पूर्ण रुपमा मनोरन्जनात्मक चलचित्र बन्ने छ ।’

अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन । ‘मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थे । यो चलचित्रमार्फत हामी पात्रको रुपमा चिनिने छौं । यो मेरो करिअरलाई अगाडि बढाउने चलचित्र बन्ने छ, भन्नेमा विश्वस्त छु’, अभिनेत्री श्रेष्ठले भनिन् ।

अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । ‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो । नयाँ टिम देखिएता पनि चलचित्र प्रतिको अध्यन र अनुभवले हामी भित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु’, अभिनेता त्रिपाठीले भने ।

यसै चलचित्रमार्फत पर्दामा डेब्यु गर्न लागेका अभिनेता सगार खनालले चलचित्र सम्बन्धी गरेको अध्यनलाई प्रयोग गर्ने अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्ने बताए । ‘यो मेरो डेब्यु चलचित्र भएता पनि सबैको भूमिका बराबर छ । पहिलोपटक पर्दामा देखिदा नै अभिनयमा पोख्त टिमसँग सहकार्य गर्न पाउँदा र उस्तै भूमिका पाउँदा उत्साहित छु’, अभिनेता खनालले भने ।

चलचित्रमा प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।

चलचित्र ‘११ः५५’ मा ६ जनाको कथा देखाईएको छ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति चलचित्रमा देखाईने छ । ३५ दिनको सेड्युल तय भएको चलचित्रको छायांकन आउँदो शनिवारबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...