health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
१६ मङ्सिर, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको नेतृत्वमा अब युवाहरुलाइ अघि सार्नुपर्ने बताउनुभएको छ ।
पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने दौडमा सहभागी नभएर युवाहरूलाई अगाडि सार्नुपर्ने महामन्त्री शर्माको धारणा रहेको छ ।

सभापति देउवाले प्रधानमन्त्रीमा अरुलाई नै अगाडि सारेर शालिनता देखाउनुपर्ने उनले बताए । काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री शर्माले सभापति देउवा प्रधानमन्त्रीको दौडमा लाग्न नहुने बताए ।
सभापतिज्यु शालिन र सह्रृदयी हुनुहुन्छ, कमैया, मधेश र एकताकाको विद्यार्थी आन्दोलन उहाँले सफल पार्नुभयो,’ देउवालाई महामन्त्री शर्माले आग्रह गरे, ५–५ पटक प्रधानमन्त्री हुनुभयो, अब प्रधानमन्त्रीको दौडमा दौडनु हुँदैन । अब शालिनता देखाएर समकालीन कोही छ भने जाऊ, नत्र युवाहरू अगाडि बढ भन्नुपर्छ ।’
त्यस्तै, जनताले बदलिएको काँग्रेस र बदलिएको नेतृत्व हेर्न चाहेको पनि शर्माको भनाइ थियो । जनताको मानसिकता बुझ्दै अब कांग्रेस पनि बदलिनुपर्ने उनको भनाइ थियो । संगठन र संगठनको शैली बदल्न सभापति देउवा तयार हुनुपर्ने उनको आग्रह थियो ।