health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
१६ मङ्सिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो जित हासिल गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा एफसी चितवनले बीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

चितवनको जितमा विमल घर्ति मगर र टोरिक जेब्रिनले एक एक गोल गरेका थिए । त्यस्तै वीरगन्जका लागि एक गोल एकिन्स केइ बाफोरले गरेका थिए ।
चितवनको जारी एनएसएलमा तेस्रो खेलमा यो पहिलो जित हो । ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको चितवनको ४ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी वीरगन्जले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब एनएसएल अन्तर्गत शनिबार दुई खेल हुने छन् । शनिबार पहिलो खेल धनगढी एफसी र ललितपुर सिटी एफसीबीच हुने भने दोस्रो खेल झापा एससी र पोखरा ठण्डर्सबीच हुने तालिका रहेको छ ।