Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
जलन सम्बन्धी छुट्टै कानुन बनाउने सांसदहरूको प्रतिबद्धता - Gyaan Ghar

Gyaan Ghar

Advertisement

जलन सम्बन्धी छुट्टै कानुन बनाउने सांसदहरूको प्रतिबद्धता

मंसिर १५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री तथा संसदीय समितिका सभापतिहरुले जलन सम्बन्धी छुट्टै कानुन बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आज (शुक्रबार) अग्नी हिंसा पीडित (वि.भि.एस.) नेपालले काठमाडौंमा गरेको अग्नीजन्य हिंसा अन्त्यका लागि बनेका कानुन र त्यसको कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा शिक्षा, राज्यमन्त्री, संसदीय समितिका सभापति तथा सांसदहरुले जलन सम्बन्धी छुट्टै कानुन बनाउन पहल गर्ने बताएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले अग्नी हिंसा पीडितहरुको पक्षमा हुने गरि कसरी कानुन बनाउने ? भन्ने बारेमा आफू सचेत रहेको बताउनुभयो । अग्नीजन्य हिंसा र अग्नीजन्य दुर्घटना न्यूनिकरणबारे सचेतना जगाउनको लागि पाठ्यक्रम बनाइ विद्यालय तहबाटै लागू गर्नुपर्ने उहाँको भनाइ छ ।

‘पाठ्यक्रम बनाउने र लागू गर्ने विषयमा मैले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकसँग पटक पटक कुरा गरिसकेको छु, राज्यमन्त्री प्रमिला कुमारीले भन्नुभयो – ‘अर्को बर्षमा यसको पाठ्यक्रम बन्छ भन्ने विश्वास छ ।’ उहाँले अग्निजन्य हिंसा न्युनिकरण तथा अग्निजन्य हिंसामा परेकाहरुको राहत, उद्दार र पुर्नस्थापनाको लागि अलग्गै नीति बनाउने बारेमा आफूले सकेको पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितीका सभापति भानुभक्त जोशीले जलन सम्बन्धी हिंसाबाट प्रभावितहरूलाई उपचार तथा राहतमा समान व्यवहार गर्नुपर्नेमा दुईमत नरहेको बताउनुभयो ।

अग्नीजन्य हिंसाका घटना न्युनिकरण गर्नु सबैको दायित्व भएको भन्दै सभापति जोशीले कानुनमा पनि कडाइ गर्नुपर्ने बताउनुभयो । यस सम्बन्धी कानुन निर्माण र कार्यान्वयनको लागि समिति मार्फत समिति अन्तरर्गत रहेका शिक्षा, स्वास्थ्य सहितका मन्त्रालयका प्रतिनिधि बोलाई छलफल गर्ने र छुट्टै कानुन बनाउने बारेमा पहल गर्ने कुरामा प्रतिबद्ध रहेको जोशीले भन्नुभयो ।

कानुनलाई सुधार गर्नुका साथै पाठ्यक्रममा पनि अग्नीजन्य हिंसाको बिषयलाई जोड्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले यसको लागि आफूले आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले तथ्यांक हेर्दा अग्नीजन्य हिंसाबाट धेरै जसो महिला र बालबालिका प्रभावित भइरहेको देखिएको बताउनुभयो । हाल विद्यमान कानुन कार्यान्वयनमा जोड दिंदै उहाँले थप कानुन निर्माणका लागि समिति मार्फत् पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

‘सरकारले कानुन बनाएको छ तर कानुन पर्याप्त छैन, भएका कानुन कार्यान्वयन पनि हुन सकेको छैन, साहले भन्नुभयो – ‘कानुन निर्माण तथा सुधारको लागि प्रयास गर्नु आवश्यक छ, आगामी दिनमा अग्नीजन्य हिंसा न्युनिकरणका लागि अलग्गै कानुन निर्माणका लागि समितिको तर्फबाट पहल गर्नेछु ।’

राष्ट्रिय सभा सदस्य गंगा बेलबासेले अग्निजन्य हिंसा पीडितको लागि छुट्टै कानुन बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । नयाँ बनाउन नसकेको अवस्थामा अहिले एसिड आक्रमणको ऐनलाइ थप संसोधन गरे मात्रै पनि पुग्ने भन्दै उहाँले अग्नीजन्य हिंसा अन्त्यको विषयलाई अब अभियानकै रुपमा अघि बढाउनु पर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य उर्मिला माझीले अग्नीजन्य हिंसामा धेरैजसो महिला नै पर्ने गरेको देखिएको भन्दै यसको न्यूनिकरणका लागि विशेष खालको कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । अग्निजन्य हिंसाको बारेमा आफूले पनि आवाज उठाइरहेको भन्दै सांसद माझीले आगामी दिनमा कानुन संसोधन र नयाँ कानुन निर्माणको विषयमा आफू प्रतिवद्धत रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पाण्डे, ईश्वरी घर्ती, ज्ञानु बस्नेत, बागमती प्रदेश सभा सदस्य इन्द्रप्रसाद गोतामे, शकुन्तला श्रेष्ठ लगायतका सांसद उपस्थित हुनुहुन्थ्यो ।

एसिड आक्रमण र अन्य घटनाका प्रभावितलाई फरक व्यवहार भएको गुनासो

कार्यक्रममा सहभागी अग्निजन्य हिंसा न्युनिकरणमा आवाज उठाइरहेका प्रभावितहरूले एसिड आक्रमण तथा अन्य अग्नीजन्य घटनाका पीडितलाई गर्ने व्यवहार नै फरक हुने गरेको गुनासो गरेका थिए ।

एसिड आक्रमण सम्बन्धी कानुनले एसिड आक्रमणको विषयलाई गम्भीरताका साथ लिंदै कडा कारवाहिको व्यवस्था गरेको तर एसिड बाहेक अन्य अग्नीजन्य हिंसामा परेका व्यक्तिको शारीरिक तथा कानुनी उपचारमा प्रभावकारी नीति नभएको उनीहरुको गुनासो थियो ।

कार्यक्रममा बोल्दै जलनबाट प्रभावित सिम्रन केसीले अग्नीजन्य हिंसामा परेका महिला तथा बालिकाहरूको उपचार, कानुनी न्याय, सामाजिक पुर्नस्थापन र जीविकोपार्जनका लागि विशेष खालका कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो ।

उहाँले एसिड आक्रमण र अन्य अग्नीजन्य हिंसाबाट प्रभावित भएकाको हकमा कानुनमा नै विभेद रहेकाले त्यसलाई सच्याउन सांसदहरूसँग अनुरोध गर्नुभयो ।

एसिड आक्रमणबाट प्रभावित जेनी खड्काले प्रभावितहरूलाई सामाजिक र मानसिक रुपमा कमजोर बनाउने खालका व्यवहार कसैले पनि नगरिदिन आग्रह गर्नुभयो ।

अनुसन्धानकर्ता उमेश पोखरेलले अग्निजन्य हिंसाको विद्यमान अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मधेश प्रदेश र काठमाडौंमा सबैभन्दा धेरै अग्नीजन्य हिंसाका घटना देखिएको पाइएको बताउनुभयो । एसिड आक्रमणको तथ्याङ्क सजिलै पाइएपनि अग्नीजन्य हिंसाका घटनाको एकिकृत तथ्याङ्क पाउन मुस्किल भएको उहाँको भनाइ थियो ।

प्रेमको कारण, दाइजोसँग जोडिएका विषय जस्ता कारणले जलनका घटना भइरहेको पाइएको अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो ।

कानुनले एसिड सम्बन्धी हिंसालाई प्राथमिकतामा राखेको भएकाले उनीहरुलाई क्षतिपूर्ति पनि बढि आउने तर, अन्य जलनका प्रभावितलाई उपचार र क्षतिपूर्ति बापत् खर्च नआउने भएकाले कानुन नै बलियो बनाउन आवश्यक रहेको औल्याउनुभयो ।

यस्तै, अधिवक्ता शशि बस्नेतले बर्न भ्वाइलेन्स अर्थात् अग्नीजन्य हिंसा भनेको एसिड जन्य जलन मात्रै हो कि भन्ने धारणा रहेको र यसलाई हटाउन जरुरी रहेको बताउनुभयो ।

२०७९ सालमा संशोधन भएको कानुनमा जलन सम्बन्धिका व्यवस्थामा केही संशोधन भएपनि एसिड बाहेक अन्य जलनको विषयमा प्रष्ट कानुन नभएको अवस्थामा कारबाही र क्षतिपूर्तिमा समस्या देखिएको बताउनुभयो ।

यसले एसिड आक्रमणको घटनामा परेका प्रभावित र अन्य प्रकारको जलन सम्बन्धी हिंसामा परेका प्रभावितका बिचमा विभेद हुने अवस्था आएको भन्दै अधिवक्ता बस्नेतले सबै किसिमको जलन र हिंसाको लागि अलग्गै कानुन बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

बस्नेतले भन्नुभयो, – ‘जलन सम्बन्धी सबै हिंसा एसिड सम्बन्धी हिंसा होइन, तर एसिड सम्बन्धी हिंसा एउटा जलन सम्बन्धि हिंसा हो, त्यसैले अग्नीजन्य हिंसाका सबै विषय समेट्ने गरि एउटा अलग्गै कानुन बनाउन आवश्यक छ ।’ अलग्गै कानुन निर्माणका लागि सबैभन्दा पहिला जलनको परिभाषा नै गर्नुपर्ने आवश्यकता रहेको बस्नेतले बताउनुभयो ।

टिचिङ अस्पताल, बर्न वार्डका सिस्टर इन्चार्ज उमा त्रिपाठीले जलन सम्बन्धी बिरामीले इमर्जेन्सीदेखि नै फरक व्यवहार भोग्नुपर्ने बताउँदै जलनको घटना सानो देखिएपनि उपचार महँगो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, – ‘बिरामीलाई दिनदिनै निगरानी तथा हाइ प्रोटिनको आवश्यकता पर्ने भएकाले आर्थिक अभाव समेत हुन्छ, त्यसैले उनीहरुलाई सरकारले नै सहयोग गरे उपचारमा समेत सहज हुन्छ ।’

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका नर्सिङ अधिकृत चित्रा खनालले स्वास्थ्य मन्त्रालयले अग्नीजन्य हिंसाको लागि मात्रै नभइ सबै प्रकारका हिंसा प्रभावितहरूका लागि एकद्धार संकट व्यवस्थापन सेवा केन्द्र स्थापना गरेको र ति केन्द्रहरूमा उनीहरुले निःशुल्क स्वास्य सेवा पाउने जानकारी दिनुभयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय उपसचिव ममता विष्टले लैंगिक हिंसा अन्त्यको लागि ७ सय ५३ वटै स्थानीय तहमा बजेट पठाएको तर, अग्नीजन्य हिंसा प्रभावितहरूको लागि अलग्गै बजेट छुट्याउन नसकेको बताउनुभयो । तर यसको आवश्यकता भने रहेको उहाँले बताउनुभयो ।

यस्तै विभिएस नेपालका कार्यकारी निर्देशक प्रतिक्षा गिरिले नेपालको संविधानले सम्मान पुर्वक बाच्न पाउने हक र स्वास्थ्य सम्बन्धि हकलाइ मौलिक हकको रुपमा नै समावेश गरेको उल्लेख गर्दै यी व्यवस्था कार्यान्वयनको लागि अग्निजन्य हिंसामा परेका व्यक्तिले सहज उपचार, कानुनी लडाइको बाटो र पुर्नस्थापनाको बारेमा गहिरोसँग छलफल गर्न अझै जरुरी रहेको धारणा राख्नुभयो ।

मानिसहरु बिभिन्न कारणले अग्नि जन्य हिंसामा परिरहेका र समयमा नै उपचार नहुँदा कतिपयले ज्यान नै गुमाइरहेको अवस्थामा यसलाइ राज्यले गंभिरतापुर्वक लिनुपर्नेमा उहाँले जोड दिनुभयो । अग्निजन्य हिंसा न्युनिकरणको लागि नीति निर्माणको लागि नीति निर्मातालाइ विभिएसले निरन्तर झकझकाएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...