मंसिर १५, काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा चिसोका कारण भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढेको छ ।
चिसोका कारण हाल सम्म २२ जनाको मृत्यु भएको छ । समयमा नै राहत सामग्री नपुग्दा भूम्प प्रभावित पालमा नै चिसो रात काट्न बाध्य छन् ।
चिसोको समयमा पालमा रात काट्नुपर्दा रोगी, तथा जेष्ठ नागरिक र महिला तथा बालबालिकाहरु धेरै प्रभावित भएका छन् भने मृत्यु हुने क्रम बढेको छ ।
हाल सम्म जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी छन् । जाजरकोट जिल्ला अस्पतालकी प्रमुख डा. प्रतीक्षा भारतीले चिसोको समयमा दीर्घ रोगीहरुलाइ विशेष ख्याल गर्नुपर्ने भएपनि समयमा नै उपचार अभाब र पालको बसाइका कारण मृत्यु हुने दर बढेको बताइन् ।