Gyaan Ghar

Advertisement

‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेऊ छेउ’ घन्किँदा नवीनसँगै नाचे ज्येष्ठ नागरिक

मोहम्मद हबिब
भैरहवा, १३ मङ्सिर ।

‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ,
भ्रष्टाचारी जतिलाई पुर्‍याइदिऊँ छेउ’  भन्दै गायक नवीन पौडेलले गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षीय ज्ञानधरी अर्याल नाच्न स्टेज निरै पुगिन् । गायक पौडेलेले हालको परिस्थिति र अवस्थालाई सङ्गीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकै बेरसम्म नाचिन् ।

उमेरले ज्येष्ठ नागरिक भए पनि नृत्यमा भने ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिएँ छेउ’ भन्दै दोहोराउँदै तन्नेरीकै शैलीमा  अर्याल भुरुक्क भुरुक्क नाचेर साथ दिइन् । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वरमार्फत  जनतालाई जागरूक गराउने पौडेलको त्यो गीतबाट अर्यालले भरपुर मनोरञ्जन गरिन् ।

गायक नवीनकै गीत सुनेर अर्की ७५ वर्षीय राधा गौतमले पनि जोसका साथ नाचेर साथ दिइन् । भैरहवा निवासी गौतमले ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिएँ छेउ’ दोहोराउँदै उपस्थित अन्य कलाकारलाई अकमक्क पारिन् । युवाहरूले पनि गायकलाई नाचेर साथ दिइरहँदा यी दुई ज्येष्ठ नागरिक आमाहरू त प्रतिनिधिमूलक पात्र हुन् ।

भैरहवामा जारी छैटौँ प्रादेशिक महोत्सवमा आएका गायक पौडेलले समय अभावले महोत्सवमा केही गीत मात्र प्रस्तुत गर्न पाए पनि सबै दर्शकलाई छमछम नचाए । स्टेज छोडेर पौडेलले दर्शक दीर्घामै गएर पनि केही गीत पस्के ।

प्रतिक्रिया दिनुहोस

राजनीति

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

काठमाडौँ, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरोकारवाला हरुले चिन्...
संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

काठमाडौँ -  प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले न...
समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।...
विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् ।   वैज्ञानिकहरूले दुई वटा...