health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मंसिर १०, काठमाडौं । नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायुवित्त, जलवायु अनुकुलनको लक्ष्य निर्धारण पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने भएको छ ।
यो वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा यही मंसिर १४ देखि २६ गतेसम्म जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसिसीका पक्ष राष्ट्रहरुको सम्मेलन कोप—२८ हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपालले सहभागिता जनाउने सो सम्मेलनमा जलवायु वित्त, अनुकुल र पर्वतिय क्षेत्रको समस्यालाई विशेष प्रथामकिताका साथ उठाइने भएको हो ।
सन् २०१० मा नै धनी राष्टबाट २०२० देखि लगभग सय अर्ब अमेरिकी डलर बराबरको लगानी नेपाल जस्ता विकासोन्मुख देशमा गर्ने भनी घोषणा गरिएको थियो । तर घोषणा गरिएको रकम अहिलेसम्म परिचालन हुन सकेको छैन ।
यस विषयलाई नेपालले विशेष प्राथमिकताका साथ उठाउने सम्मेलनमा नेपाल सरकारको तर्फबाट वार्ता टिमका सदस्य समेत रहनुभएका जलवायुविज्ञ डाक्टर धर्मराज उप्रेतीले बताए ।
जलवायु परिवर्तनले कृषि, स्वास्थ्य, बसाईंसराई लगायत क्षेत्रमा पारेको असरको हानी नोक्सानी तथा जलवायु अनुकुलनका कार्यक्रमका बारेमा पनि सवाल उठाइने भएको छ ।
सरकारले हानी नोक्सानी, नेपालको पर्वतीय क्षेत्र, अनुकुलन, जलवायुजन्य बसाईंसराई, न्युनिकरण र लैङ्गिक समावेशिता, युवा र आदिवासी गरी ६ वटा विषयलाई प्रमुख एजेण्डा बनाएको छ ।
क्षमता अभिवृद्धि, जलवायु वित्तको परिचालन, जलवायुको मुद्दालाई विकासको लक्ष्यसम्म समावेशीकरण हुँदै आउनुलाई सकारात्मक रुपमा लिन सकिने विज्ञको भनाइ छ ।