Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारी सुरू - Gyaan Ghar

Gyaan Ghar

Advertisement

तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारी सुरू

मंसिर९, काठमाडौं ।  प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार, पुष्टाईका सम्बन्धमा मुख्यसरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको जनाएको हो ।

कपिलबस्तुको तिलौराकोटमा शुक्रबार तिलौराकोट कपिलबस्तुलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार र पुष्टाईका बियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले सरकारका तर्फबाट गौरवको आयोजनाका रुपमा सूचीकृतका लागि पहल गर्ने प्रतिद्धबता जनाएका हुन ।

तिलौराकोटमा नोभेम्बर २० देखि ३० तारिखसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन कार्यक्रम भइरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गौतबुद्ध हुर्किएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर यसको महत्व विश्वव्यापी बनाउने बताए । उनले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्दै विश्वसम्पदा सूचीमा सुचीकृतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

‘मापदण्ड अनुसार अन्तिम मनोनयन गर्नका लागि सरकारको तर्फबाट म संस्कृती पर्यटन मन्त्रीका रुपमा प्रतिबद्धता गर्दछु, तोकिएकै मितिमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राखिनेछ’ मन्त्री किराँतीले भने ।

मन्त्री किराँतीले तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृतका लागि निरन्तर खोज अनुसन्धानमा लागेका विज्ञहरुलाई धन्यवाद दिदै तिलौराकोटलाई विश्वव्यापी बनाउने बताए ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले असोज १४ गते लुम्बिनीमा प्रधानमन्त्रीको बिशेष पहलमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनी भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीको उचाई विश्वमा एक पाईला माथि उठेको बताए ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री शुसिला श्रीपाली ठकुरीले तिलौराकोट विश्व सम्पदा सूचीका सुचीकृतका लागि सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाईन । उनले तिलौराकोट जस्ता पुरातात्विक स्थलहरुको विकासको गती ढिलो भएको बताउँदै आगामि दिनमा त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिईन ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्ध दर्शन र बुद्धको जीवनमा तिलौराकोट दरबारको निकै ठूलो महत्व रहेको बताउँदै विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए ।

‘तिलौराकोट विश्वसम्पदा सूचीमा सुचिकृत हुने कुरा हाम्रो लागि खुशीको कुरा हो, विज्ञहरुले निकै समय खर्चिएर प्रमाणहरु जुटाउनुभएको छ’ उपाध्यक्ष डा. लामाले भने । आफूले पदभारग्रहण गरेलगत्तै तिलौराकोटको भ्रमण गर्दा झाडी र बुट्यानले ढाकेका देखेपछि सरसफाई गरी अहिले तिलौराकोटलाई सुन्दर बनाउने काम गरेको समेत उपाध्यक्ष डा. लामाले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्ने कुरा सकरात्मक रहेको बताउँदै आफुहरुको तर्फबाट सक्दो सहयोग हुने बताए । उनले २५ बर्षसम्म कपिलबस्तुको खोज अनुसन्धानमा विज्ञहरु लागि परेको बताउँदै सम्पदा सूचीमा छिटो सुचीकृत गरी तिलौराकोटको विकास गर्न सुझाव दिए ।

कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले कुनैबेला कपिलबस्तुलाई राज्यले हेरेन भनेर आफै साईकल यात्रामा निस्केको स्मरण गर्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकरणका लागि अन्तिम तयारी हुँदा निकै खुशी लागेको बताए । उनले स्थानीय सरकारका रुपमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृतका लागि समन्वय, सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि आफुहरुका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणि सुवेदीले यूनेस्को विश्व सम्पदा सूचीमा सुचिकृतका लागि सरकारकाले सबै पहल र कामहरु गर्ने बताउँदै दीर्घकालिन व्यवस्थापनका लागि स्थानीय सरकार र कपिलबस्तुका सबै जनप्रतिनिधिहरुको साथ सहयोगको खाँचो रहने बताए ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्राधानाङ्गा, लुम्बिनी प्रदेश सरकार उद्योग पर्य६न तथा यातायात व्यवस्था मन्त्रालयका सचिव उमेश ढुंगाना,  लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले बोल्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृतको सम्पूर्ण प्रमाण र आधार सहित अन्तिम दस्तावेज तयार पार्ने विज्ञटोलीलाई धन्यवाद दिए ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि गत सेप्टेम्बरमै प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भइसकेको छ ।

प्रस्तावित मनोनयनका सम्बन्धमा प्राप्त सुझाव र विज्ञहरुसँगको छलफलबाट अन्तिम मनोनयन तयार गर्ने कार्य अन्तिम चरणमा छ । उक्त अन्तिम मनोनयन लुम्बिनी विकास कोषका तर्फबट नोभेम्बर ३० भित्र पुरातात्व विभाग हँुदै मन्त्रालयमा पठाउने र आवश्यक पृष्ठपोषणपछि यूनेस्को विश्व सम्पदा केन्द्रमा सन् २०२४ को जनवरी २४ भित्र पेश गर्नुपर्नेछ ।

अन्तिम मनोनयन दर्ता भएपछि इभ्यालेशन मिशन, इकोमस सहितले सन् २०२४ सम्म अध्ययन गर्ने र सन् २०२५ मा विश्व सम्पदा समितिमा तिलौराकोटलाई सूचीकृतका लागि प्रस्ताव लगिने प्रवाधान रहेको अन्र्तराष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलले बताए  । कार्यशालामा सम्पदा विशेषज्ञ डा. मार्सल, प्रो. डा. रविन कनिङहमले कपिलबस्तुमा हालसम्म भेटिएका प्रमाण र विश्व सम्पदा सूचीमा सुचीकृतका आधारहरुबारे जानकारी गराएका थिए ।

अन्र्तराष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलको उपस्थितीमा अन्र्तराष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अष्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो. म्याक्स डिग, डा. मार्क म्यानुअल, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, यनि जोशी, पुरातत्व विभागका प्रवक्ता रामबहादुर गुरुङ, निर्देशक समितिका सदस्य सचिव एंव कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहितको विज्ञ समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सुचीकृतको अन्तिम मनोनयन दस्तावेज तयार पार्ने काममा संलग्न भएका हुन  ।

यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको बैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो ।

विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य गणराज्यको राजधानी तिलौराकोट कपिलबस्तुलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रियागत कामहरु गर्न निर्देशक समितिले निर्णय गरेको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक राईले जानकारी दिए ।

सरकारले २०७८÷७९ को नीति तथा कार्यक्रम मार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो ।  यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

कार्यक्रम अघि संस्कृती पर्यटन तथा नागरिक उउडयन मन्त्री किराँती, कोषका उपाध्यक्ष डा. लामा, मन्त्रालयका सचिव, पुरातत्व विभागका महानिर्देशक सहितको टोलीले तिलौराकोट दरबार क्षेत्रको स्थ्लगत निरीक्षण र अवलोकन गरेको थियो ।

उक्त निरीक्षणमा राष्ट्रिय अन्र्तराष्ट्रिय विज्ञहरु,  कोषका पदाधिकारी, कर्मचारी र  सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिती थियो । यस्तै बुधबार र विहिबार विज्ञहरुको टोलीले मुख्य सरोकारवालाहरु कपिलबस्तु नगरपालिकाका नगरप्रमुख, वडाअध्यक्षहरु सहित सम्पादाका लागि प्रस्तावित कोर एरिया र बफरजोजनको स्थलगत निरीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

काठमाडौँ, २  वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनला...
काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग ...
सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

काठमाडौँ, २२ चैत । सजिवन अर्थात् ड्रमस्टिकलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ किनभने यसमा प्राकृतिक पोषक तत्त्व ...
हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

यमन, २० चैत । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकाको सबैभन्दा ठुलो कारबाही जारी राखेको छ ।   यसैबिच ...