health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

कतार, ८ मङ्सिर । इजरायल र हमासबीचको युद्धबिच भएको सम्झौताअनुसार आजदेखि बन्धकहरूलाई रिहा गरिने भएको छ ।
जवाफमा गाजापट्टीमा इजरायली सेनाको आक्रमण केही समयमै रोकिने भएकाे छ । सो युद्ध विराम पछि बन्धकहरूको पहिलो समूह शुक्रवार साँझ इजरायललाई हस्तान्तरण गरिनेछ। सात हप्ताको युद्धपछि इजरायल र हमासबीच ४ दिने युद्ध विराम हुने भएको हो ।
कतारका अनुसार त्यसपछि गाजामा इन्धन र मानवीय आपूर्तिमा आज तीव्रता आउनेछ।
कतारको विदेश मन्त्रालयका अनुसार युद्ध विराम नेपाली समय अनुसार बिहान १०ः३० बजे सुरु हुनेछ, जबकि बन्धकहरूको पहिलो समूहलाई हमासले युद्ध विरामको केही घण्टापछि भारतीय समय अनुसार साँझ ७ः ३० बजे रिहा गर्नेछ।
बन्धकहरूको पहिलो समूहमा एकै परिवारका १३ महिला र बालबालिका समावेश हुनेछन्। कतार र अमेरिकाबिच भएको सम्झौता अनुसार चार दिनमा ५० जना बन्धकलाई रिहा गर्ने सहमति भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामनि नेतन्याहुको कार्यालयले रिहा हुनेहरूको नामको पहिलो सूची प्राप्त गरेपछि बन्धकहरूको परिवारसँग सम्पर्क गर्ने बताएको छ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले इजरायली जेलमा रहेका प्यालेस्टाइनी बन्दीहरूलाई पनि शुक्रवार रिहा गरिने बताएका छन् । तर ती नामहरूको सूची अनुमोदन गरिएको थियो भने कति जना हुन् ? त्यो अझै खुलाइएको छैन ।
यो सम्झौता कतार र अमेरिका बिचको मध्यस्थताको परिणाम हो र यो हप्ताको सुरुमा आधिकारिक रूपमा घोषणा गरिएको थियो।
यो सम्झौतालाई निष्कर्षमा पुर्याउन अमेरिका र इजरायलबीच धेरै तहको वार्ता भएको बताइएको छ । अन्ततः नेतान्याहुले युद्ध विरामलाई हरियो सङ्केत दिएका थिए ।