Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
सडकले अशान्त बनाएको एउटा गाउँको कथा - Gyaan Ghar

Gyaan Ghar

Advertisement

सडकले अशान्त बनाएको एउटा गाउँको कथा

विशाल बस्नेत/न्युज कारखाना

महोत्तरी, ५ मङ्सिर । गाउँको सुविधाका लागी  बनाइएको एउटा सडकले गाउँलेहरू बिचमा  नै कलह सिर्जना गर्‍यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर महोत्तरीको बर्दिबासस्थित भित्री गाउँमा रहेको  सडक नै स्थानीयहरूको अशान्तको कारक वनेको छ  ।

बर्दिबास-६ स्थित कृष्णपुरमा २०५४ सालमा नै खोलिएको शाखा सडकलाई अहिले पुर्णरुपमा अतिक्रमण गरिएको छ भने सडकको बिच भागमा बिरुवाहरू समेत रोपिएको छ ।

२०५४ सालमा तत्कालीन गाविस अध्यक्ष विदुर कार्कीले खोलेको यो सडकले गाउँमा कसरी अशान्त मच्चायो भन्ने विषय थाहा पाउन ५ वर्ष अगाडि फर्कनुपर्छ ।

यो सडकको दायाँबायाँ विशेष गरी स्थानीय तेजिलाल महतो र मकसुदन महतोको जग्गा छ । दुवै सदियारहरुले आधा-आधा जग्गा १३ फिट सडकको लागी प्रयोग गर्ने सहमति भएको थियो ।
तर २०५४ सालमा भएको सहमतिमा स्थानीयहरूले अमिन ल्याएर जग्गा नपाए पछि एकाएक बिथोलियो । स्थानीय अमिनले गरेको नाप जाँच अनुसार गाउँको नै सम्पूर्ण जग्गा लालपुर्जा अनुसार भोग चलन नभएको निष्कर्ष निकालियो ।

यही नाप जाँच नै गाउँलेहरूको लागी अभिशाप मात्र बनेन, वर्षौँदेखि यथास्थानमा भोग चलन गर्दै आएका स्थानीयहरूले जग्गा कै कारण दिन हु झगडा गर्न थाले ।

गाउँ अशान्त बन्दै गएपछि स्थानीय राजनीति दलहरूले पूर्व भोग चलन अनुसार नै यथास्थानमा उपभोग गर्ने सहमति समेत बनेको थियो ।

यही क्रममा तत्कालीन समयमा गाविस अध्यक्ष रहेका विदुर कार्की २०७४ मा नगरप्रमुखमा  निर्वाचित भए ।

एक गाउँ देखि अर्को गाउँ जोडने र कृषि उपजहरूलाई बजारसम्म पुर्‍याउन पुलको काम गर्न सक्ने भएकाले यो सडकलाई स्थानीय सरकारले समेत प्राथमिकतामा राख्यो ।

जब सडक स्तरोन्नति गर्ने सन्दर्भमा बजेट विनियोजन भयो तब मकसुदन महतो अमिनले गरेको नाप जाँचमा आफ्नो जग्गा सडकमा बढी पर्ने भन्दै २०७५ साल भदौ-८ गते निवेदन बोकेर जिल्ला अदालत महोत्तरी पुगेका थिए ।

त्यसपछि सुरु भएको विवाद अहिलेपनी उत्कर्षमा छ ।

मकसुदनको रिट नै खारेजी भएको थियो

मकसुदनको रिटलाई बर्दिबास नगरपालिकाको न्यायिक समितिको निर्णय र नाप नक्साअनुसार पनि जग्गा बढी पर्ने आधारहरू नदेखिए पछि जिल्ला अदालत महोत्तरीले खारेजी गरेको थियो ।

जिल्ला अदालत महोत्तरीले २०७७ साल कात्तिक-३ गते गरेको फैसलामा यथास्थानमा सडक खोल्न अनुमति दिएको छ तर अचम्म लाग्दो त कहाँ नीर छ भने मकसुदनले भने यसलाई अटेर गरिरहेको देखिएको छ ।

अर्का स्थानीय तेजिलाल महतो भने पूर्व भोग चलन भएअनुसार आधा जग्गा दिन तयार रहेको भन्दै सडक खोल्नुपर्ने अडान लिँदै आएका छन् ।

एकथरी गाउँलेहरू तेजिलाललाई समर्थन गर्ने र अर्को थरी गाउँलेहरू मकसुदनलाई समर्थन गर्दा दुई पक्षबिच झगडा दिनहुँ   बढ्दै गएको देखिएको छ ।

यो विषयमा स्थानीय राजनीति दलका केही नेताहरू समेत हाबी भएका छन् । नेपाली काङ्ग्रेसका स्थानीय नेता राजकुमार महतोलाई कतिपयले मुख्य झगडाको कारकको रूपमा लिने गरेका छन् । उनै महतोले अमिन ल्याएर जग्गा नाप जाँच गरेपछि स्थानीयहरू बिथोलिएको स्थानीय युवा सूर्यदेव महतो वताउछन ।

तर महतोले भने २०५४ सालमा खोलेको यथास्थानबाट सडक खोलिनुपर्ने विषयमा आफू स्पष्ट रहेको बताएका छन् । यसको विषयमा अहिलेका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीसँग दर्जनौँ पटक कुराकानी भइसकेको पनि उनले बताए ।

नगरले लिएको पहलकदमी पटक पटक विफल

२०७५ साल देखि नै बर्दिबास -जलेश्वर जाने हुलाकी सडक देखि पश्चिम र भोटे खोलासम्मको उक्त सडक खुलाउन अवरोध भएको देखिएको छ ।

२०७५ साल वैशाख २४ गते गाउँमा थप झगडा नहोस् भन्ने उद्देश्यले नगरले अमिन खटाएर तेजिलाल र मकसुदनको जग्गाको बिच भागबाट सडक निकास निकाल्ने सहमति भएको थियो ।

उक्त सहमतिलाई आधार बनाएर २०७७ साल चैत २४ गते वाट कार्य नै प्रारम्भ गर्ने तेजिलाल र मकसुदनविच लिखित सहमति समेत भयो  ।

सहमतिपछि निर्णय कार्यान्वयन गर्न स्थानीय सरकारले पटक पटक प्रयास गरेको पनि देखिएको छ ।

`उक्त विवाद सावधान गर्न म स्वयम लागि परेको थिए,´ पूर्व नगरप्रमुख विदुर कार्कीले भने, `त्यहाँ सहमति उल्लङ्घन गरेको हुँदा एक्सनमा नै जानुपर्ने देखिन्छ ।´

२०५४ सालमा साबिकको वडा न.८ को उक्त ठाउँबाट आफैले सडक सञ्जाल विस्तार गरेको बताउँदै यथास्थानबाट सडक बनाउनु पर्नेमा कार्कीले जोड दिए ।

पुराना प्रमाणहरूलाई नै आधार बनाएर सडक बनाउने अहिलेका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले पनि प्रतिबद्धता जनाएका छन् ।

तिहार तथा छठका कारण छलफल गर्न नपाएको बताउँदै नगरप्रमुख क्षेत्रीले पुरानो यथास्थितिमा नै सडक बनाइने बताए ।

नगरप्रमुख क्षेत्रीले यसअघि पनि प्रयास गरेको तर  नसकेको हुँदा स्थानीयहरूले भने उनको प्रतिबद्धतामाथी विस्वास गर्न सकेका छैनन् । २०८० असार २८ गते पनि नगरबाट सडकको भाग छुटाउन प्रयास गरेको देखिएको छ ।

मकसुदनले हालेको निवेदन उपर जिल्ला अदालतको फैसला र तत्कालीन समयमा न्यायिक समितिले गरेको निर्णयलाई अहिले पनि सदर गरेको न्यायिक समितिकी संयोजक तथा उपप्रमुख तारादेवी महतोले बताइन ।

कागजात र प्रमाणहरू हेर्दा मकसुदनले नै न्यायिक समिति र अदालतको आदेशलाई अटेर गरेको देखिएको छ । अन्य विषय जेजस्तो भएतापनी मकसुदन नै मुख्य झगडाको कारक रहेको कतिपय स्थानीयको समेत बुझाई छ ।

स्थानीयवासी भोला सेन्चुरी, विनोद यादव, रमेश साह, सन्तोष महतो, राजवीर महतो लगायतले जग्गाको लोभको कारण सडक नै अतिक्रमणमा परेको बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...