wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114काठमाडौँ, ७ मङ्सिर । आज हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्नका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
काठमाडौँमा आज नेकपा एमाले निकट युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले एकै पटक प्रदर्शन गर्ने भए पछि व्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौँ उपत्यकाको सडकमा परिचालन भएका छन् ।
नियमित जस्तो हुने गरेको माइतीघरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले निषेधाज्ञा जारी गरेपछि युवा सङ्घले तीनकुने र प्रसाईँ नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गर्दै छन् ।
सुरक्षा निकायका अनुसार जुलुस आउने बाटो र कार्यक्रम स्थलमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् भने काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन भइरहेका छन् । जसका लागि उपत्यका प्रहरी कार्यालयले डिआइजीको नेतृत्वमा ‘कमान्ड’ सेन्टर बनाएको छ ।